ह्वाट्सएप सहज म्यासेन्जिङ एप हो। म्यासेज,कल गर्नका लागि छिटो र सहज मानिन्छ। नेपालमा पनि यसको प्रयोग पछिल्लो समय बढ्दै गएको छ।
पछिल्लो समय अनलाइन म्यासेन्जिङ प्लेटफर्ममा असुरक्षा बढ्दै गएको पनि छ। यस्ता प्लेटफर्मलाई जतिसक्दो सावधानीपूर्वक चलायो त्यति नै सुरक्षित पनि हुन्छ।
सजिलो माध्यममा अलिकति सावधानी अपनाउँदा धेरै सुरक्षित पनि हुन्छ।
१ आफ्नो कन्ट्याक्टमा भएकाहरुलेमात्र प्रोफाइल हेर्नमिल्ने बनाउने
ह्वाट्सएपले तपाइको कन्ट्याक्ट सूचीमा भएकाहरुलेमात्र तपाइको प्रोफाइल हेर्नमिल्ने सुविधा दिएको छ। यसका लागि सेटिङमा गएर अकाउन्टमा क्लिक गर्नुपर्छ। त्यसपछि प्राइभेसीमा जाने। त्यहाँ गएपछि प्रोफाइल फोटो भन्ने बिकल्प आउछ। त्यसमा तपाइको प्रोफाइल फोटो कसले हेर्न पाउने भन्ने तीनओटा बिकल्प हुन्छन्। त्यसमध्ये 'माइ कन्ट्याक्टस' भन्ने छनौट गर्नुपर्छ। यसो हुँदा तपाइको सूचीमा नभएका प्रयोगकर्ताले तपाइको प्रोफाइल हेर्न पाउँदैनन्।
२ च्याट गर्न इच्छा नभएका व्यक्तीलाई ब्लक
मोबाइलमा हामीले धेरैथरी मान्छेका नम्बर सेभ गरेका हुन्छौ। तर ती सबैसग हामी ह्वाट्सएपमा च्याट तथा कल गर्न इच्छा नराख्न पनि सक्छौ। व्यक्तिगत तथा क्षनिक कामका लागि दिइएको वा लिएको नम्बर पनि हाम्रो सूचीमा हुँदा सहजै ह्वाट्सएपमा पहुँच पाउनसक्छन्। तर त्यस्ता नम्बर जोसँगह ह्वाट्सएपमा सम्पर्क आवश्यक छैन भन्ने लागेमा ब्लक गर्नसकिन्छ। त्यस्ता नम्बलाई छनौट गरेर ह्वाट्सएपमा ब्लक गर्न सकिन्छ। यसबाट अनावश्यक म्यासेज आउँदैन।
३ नचिनेको नम्बरबाट आएको कल स्वीकार नगर्नुहोस
नचिनेको नम्बर तथा व्यक्तीबाट आएको फोन तत्काल रिसिभ गर्न हुँदैन। यदि कुनै त्यस्तो महत्वपूर्ण हो भन्ने पहिचान भएको खण्डमा मात्र कर रिसिभ गर्नुपर्छ।
त्यस्तै आफूलाई चाहा नभएकव कन्ट्रि कोड भएको नम्बरबाट आएको कल पनि रिसिभ गर्न हुँदैन। आफूलाई जानकारी र चासो नभएकव म्यासेजको रिप्लाई पनि गर्न हुँदैन।
४ कुनै पनि पासवर्ड ह्वाट्सएपबाट सेयर नगर्नुहोस
आफूले चलाइरहेका कुनै पनि अकाउन्टको पासवर्ड तथा पिन ह्वाट्सएपको माध्यमबाट सेयर गर्न हुँदैन। बैंक डिटेल तथा अन्य कुनै पनि ओटीटी प्ल्याटफर्मको सापवर्ड सेयर गर्न हुँदैन।
त्यस्तै ह्वाट्सएपमा दोहोरो सुरक्षा लक राख्नुपर्छ। नम्बर, फिंगरप्रिन्ट वा कोड राखेरमात्र खुल्ने बनाउनुपर्छ।