नेपालको सबैभन्दा ठूलो इन्टरनेट इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन २५ औं वर्षमा प्रवेश गरेको छ।
सबैभन्दा धेरै ग्राहक तथा प्रयोगकर्ता भएको फिक्स्ड इन्टरनेट सेवाप्रदायक कम्पनी सन् १९९५ मा स्थापना भएको हो। नेपालमा पहिलोपटक डायलअप प्रविधिबाट इमेल सेवा सुरु गरेको कम्पनीले अहिले भने फाइबर टु होम सेवा दिइरहेको छ।
कम्पनीका सञ्चालक अमित अग्रवालका अनुसार वर्ल्डलिंकका अहिले ४ लाख ८५ हजार कनेक्सन छन्। त्यस्तै २१ लाख प्रयोगकर्ता रहेका छन्।
देशभरका १० हजार सार्वजनिक ठाउँहरुमा निशु:ल्क वाइफाइ वितरण गरिरहेको कम्पनीले इन्टरनेट टिभीको सेवा पनि दिइरहेको छ। आइपी टिभीका ग्राक हाल १ लाख ८४ हजार छन्। दिनमा १५ लाख सक्रिय वाइफाइ प्रयोगकर्ता भएको कम्पनीले ३ हजार ९५० जनालाई रोजगारी दिएको छ।
पछिल्लो समय ग्रामिण दूरसञ्चार कोषको रकम परिचालन गर्दै कम्पनीले कर्णाली क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिरहेको अग्रवालले जानकारी दिए।
कम्पनीले अहिलेसम्म सेवा विस्तारमा धेरै ध्यान केन्द्रित गरेपनि अब भने गुणस्तरलाई पनि सुधार गर्दै जाने प्रतिबद्धतता जनाए। 'अहिले कोभिड महामारिको क्रममा हाम्रव नेटवर्टमा ट्राफिक चाप झनै बढेको छ। यस्तो बेला हामीलाई गुणस्तर अझै सुधार गर्ने दायित्व पनि थपिएको छ। यसैका लागि हामी दीर्घकालिन प्रयोग अनुकूल अभुनव प्राप्त हुनेगरी सेवामा गुणस्तर थप गर्दै छौ' उनले भने।
तीन वर्षमा आइपिओ जारी गर्ने योजना
गएको वर्षमात्र विदेशी लगानी भित्र्याएर देशव्यापी सेवा विस्तारमा आक्रमक भएको वर्ल्डलिंकले अबका दिनमा कम्पनीको सेयर सर्वसाधारणका लागि जारी गर्ने योजना बनाएको छ।
कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुने सम्पन्न भइसकेपनि सर्वसधारणका लागि शेयर जारी गर्नका लागि भने केही तयारी आवश्यक पर्ने अग्रवालले जानकारी दिए। यसका लागि तीन वर्षको समय लाग्ने उनको भनाइ छ।
'हामीले आइपिओ जारी गर्नका लागि केही तयारी गर्नुपर्छ। यसका लागि तीन वर्ष कम्तिमा समय लाग्छ। त्यतिबेलाको बजार कस्तो हुन्छ। त्यही अनुसार हामी शेयर जारी गर्नसक्छौ। तर त्यसका लागि हामी यो बीचमा तयारी भने पक्कै गर्छौ' वार्षिकोत्सवको अवसरमा आयोजित वेबिनारमा बोल्दै उनले भने।