इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले देशका विभिन्न १० हजार ठाउँमा निशु:ल्क वाईफाई उपलब्ध गराएको जानकारी दिएको छ।
सार्वजनिक ठाउँहरुमा ग्राहकहरुले दिनमा ९० मिनेटदेखि २ घण्टासम्म यस्तो निशु:ल्क इन्टरनेट चलाइरहेको कम्पनीका निर्देशक विजय जलानले जानकारी दिए।
देशको सबैभन्दा ठूलो कम्पनी वर्ल्डलिंकले सार्वजनिक ठाउँ बाहेक अन्य कल्याणकारी संस्थाहरुलाई पनि निशु:ल्क इन्टरनेट उपलब्ध गराइएको उनले जानकारी दिए।
महावीर पुनको वायरलेस परियोजना, मानवसेवा आश्रमका आश्रम घरहरुमा पनि निशु:ल्क इन्टरनेट दिइएको उनले बताए।
४ लाख बढी कनेक्सन वितरण गरिसकेको कम्पनीका २० लाख बढी प्रयोगकर्ता रहेका छन्। कम्पनीले करिब ४ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ भने ठूला दश करदाताको सूचीमा पनि पर्दै आएको छ।