चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपो १६ औं वर्षमा प्रवेश गरेको छ।
स्थापनाको छोटो समयमै विश्व स्मार्टफोन बजारमा उल्लेखनीय उपस्थिति देखाउन सफल उक्त कम्पनीले इलेक्ट्रोनिक्स इकोसिस्टममा उत्पादनहरु विकास गर्दै आइरहेको छ।
‘बार्षिकोत्सवको यो अवधि सम्म आई पुग्दा हामी निकै गौरवान्वित महशुस गर्दैछौँ । ओपोको यो यात्रामा साथ दिनुहुने समस्त उपभोक्ता, पार्टनर्स, कर्मचारी जसको प्रतिबद्धता र समर्थनले हाम्रो सफलताको सम्भव बनाइ दिएको छ सबै प्रति हामी हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छौँ ’, ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोन चनले भनेका छन्।
यो फाइभजी, एआई, ईमेजिङ र भोक फ्ल्याश चार्जिङ तथा कञ्जुमर टेक्नोलोजीका क्षेत्रमा उल्लेखनिय सफलता हात पारेको उनले जानकारी दिए।
ओपोले यूके र यूरोपमा पहिलो फाइभजी एसए नेटवर्क स्लाइसिङ सर्भिसेजका साथ सफलतापूर्वक पहिलो ५जी स्ट्यान्डअलोन (एसए) पनि उपलब्ध गराइसकेको छ ।
ओपोले हार्डवेयर, सफ्टवेयर र ईन्टरनेट सेवाका लागि मूलभूत प्रविधिहरुको विकास गरिसकेको छ। उपभोक्ता केन्द्रित ब्राण्डका रुपमा कलर ओएसको नयाँ भर्सन हालैमात्र सार्वजनिक गरेको छ। यसका प्रयोगकर्ता हाल ३७ करोड पुगेका छन्।