नोकियाको इन्ट्री लेभलको स्मार्टफोन ‘नोकिया सि३’ नेपाली बजारमा भित्रिसकेको छ। नेपालका लागि आधिकारिक बिक्रेता टेलिटक प्रालिले यो स्मार्टफोन नेपाली बजारमा उपलब्ध रहेको जानकारी दिएको छ।
सस्तो मूल्य तथा धेरै फिचर्स भएको फोरजी स्मार्टफोन एन्ड्रोइड टेनमा आधारित अपरेटिङ सिस्टम रहेको छ।
५.९९ इञ्च डिस्प्ले रहेको यसमा ७२०*१४४० पिक्सेल रहहेको छ।
यस फोनमा विल्कुलै नयाँ फिचरहरू समावेश गरिएको कम्पनीले बताएको छ। ३ हजार ४० एमएएचको ब्याट्री र ८ एमपी प्लस ५ एमपी मेगा पिक्सेलको क्यामेरा रहेको छ।
३ जिबी र्याम भएको यो फोनकव स्टोरेज भने ३२ जिबी रहेको छ। यसमा मेमोरी कार्ड राखेर स्टोरेज बढाउन सकिन्छ।
८ मेगा पिक्सेलको प्राइमेरी क्यामेरा सेन्सर भएको फोनमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि रहेको छ। प्राइमेमरी क्यामेरामा एलइडी फ्ल्यास भएको फोनको नेपाली बजारमा १२ हजार ४ सय ९९ रुपैयाँ मूल्य रहेको छ। नर्डिक ब्लु रङमा उपलब्ध यो फोनमा ३ हजार ४० एमएएच क्षमताको व्याट्री रहेको छ।