शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दसैं उत्सवको लाभ लिँदै दुइटा नयाँ उत्पादन ल्याएको छ। शाओमीले नेपालमा पहिलोपटक दुइटा टिभी बजारमा ल्याएको हो।
कम्पनीले मी टिभी ४ एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) नेपाली बजारमा ल्याएको छ।
मी टिभीका ‘४एक्स’ र ‘४ए प्रो’ गरी दुई वटा मोडल बजारमा उपलब्ध हुने छ।
मी टिभी ‘४एक्स’ ५५ इञ्चमा रहेको छ भने ‘४ए प्रो’ ४३ इञ्चमा यसमा ४के १०— बिट एचडिआर डिस्प्ले सुविधा छ।
साथै यसमा गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट—इन रहेको छ।
यी मोडलका टिभीमा २०वाट स्पिकर डल्वी अडियो जडान गरिएको छ।
कम्पनीका अनुसार मी टिभी ‘४एक्स’ को मूल्य ६४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ भने मी एलईडी टिभी ‘४ए प्रो’ ३९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
दुवै टिभीहरुका लागि सेप्टेम्बर १९ (असोज ३ गते) बाट प्रि—बुकिंग सुरू हुन्छ र मी एलईडी टिभी ४ ए प्रो सेप्टेम्बर २५ (असोज ९ गते) र मी टिभी ४एक्स ३० सेप्टेम्बर (असोज १४ गते) बाट अफलाइनमा उपलब्ध हुनेछ।