संसको विकास तथा प्रविधि समितिले कात्तिक छ गतेभित्र क्लिनफिड नियम लागू गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।
विज्ञापन निमयन गर्ने ऐन २०७६ अनुसार कात्तिक ८ गतेदेखि लागू गर्न मन्त्रालयलाई समितिले निर्देशन दिएको हो।
नेपालमा डाउलिंक अनुमति लिएर प्रसारण भइरहेका विदेशी च्यानलको प्रसारणलाई तोकिएकै मितिमा विज्ञापन रहित बनाउन समितिले निर्देशन दिएको हो।
कानुनमा कात्तिक ८ भित्रै लागू गरिसक्ने उल्लेख गरिए पनि पर्याप्त तयारी नभएको भन्दै मिति सार्ने तयारी सरकारले गरिरहेको छ। त्यस्तै भारतीय प्रसारण संस्थाले पनि छ महिना पर सारिदिन आग्रह गर्दै पत्राचार गरेको थियो।
समितिले नेपाली च्यानलको प्रबर्द्धन गर्नका लागि विदेशी च्यानलमा नेपाली विज्ञापन पनि नराख्न निर्देशन दिएको छ। फिड क्लिन भनिने यो नियम लागू भएमा नेपालमा विदेशी च्यानल धेरै महंगो हुने नेपालका टेलिभिजन प्रसारक संस्थाहरुले बताउँदै आएका छन्।