‘डान्सिङ विथ द स्टार्स’ नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजकको रुपमा आवद्ध भएको छ।
उक्त 'रियालिटी शो' हिमालय टेलिभिजनमा असोज २ गतेदेखि सुरु भएको हो।
एएनसी प्रोडक्सनले ल्याएको यो रियालिटी सोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरहरुले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागि प्रतिस्पर्धा गर्ने बताइएको छ।
भायानेटले शोमा इन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको जनाएको छ।