फिनिस मोबाइल फोन कम्पनी एजएमडी ग्लोबलले नोकियाको तीन नयाँ स्मार्टफोन एकैपटक बजारमा ल्याउने भएको छ।
हिन्दुस्थान टाइम्स टेककोअनुसार कम्पनीले नोकिया २.४, नोकिया ३.४ र नोकिया ७.३ सार्वजनिक गर्ने भएको हाे।
मंगलबार कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमार्फत ती स्मार्टफोन सार्वजनिक गर्ने भएकाे छ।
बेलायतको समयअनुसार साँझ चार बजे अर्थात् नेपाली समयअनुसार राती आठ बजे उक्त स्मार्टफोन सार्वजनिक गर्ने कम्पनीले बताएको छ।
के-के छन् विशेषता?
नोकिया २.४ फोन ६.५ इन्च डिस्प्लेको हुनेछ। जसमा २ जिबी र्याम र १६ जिबी स्टोरेज हुनेछ। यो स्मार्टफोनमा पछाडि दुईवटा क्यामेरा र एक फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ।
नोकिया ३.४ मा भने गोलो आकारको क्यामेरा जडान गरिएको छ। यो स्मार्टफोट ३ जिबी र्याम र ६४ जिबी स्टोरेजसम्म आउनसक्ने बताइएको छ।
यो मोबाइल ६.५२ इन्चको एजडी डिस्प्ले, क्वालकोम स्नेपड्रेगन प्रोसेसर र ४००० एमएएच ब्याट्रीको साथ आउने अपेक्षा गरिएको छ।
हालसम्म नोकिया ७.३ को बारेमा विस्तृत जानकारी दिइएकाे छैन।
मार्चमा नोकिया ८.३ फाइब जी र नोकिया ५.३ भित्राएपछि नोकिया ७.३ एचएमडी ग्लोबलको दोस्रो मुख्य स्मार्टफोन हुने बताइएको छ।
एजएमडी ग्लोबलले करिब चार वर्षदेखि नोकिया ब्रान्डअन्तर्गत मोबाइल बनाउँदै आएको छ। यस कम्पनीले नोकिया ब्रान्डका फोनहरु, एन्ड्रोइडका स्मार्टफोन र ट्याब्लेट जस्ता उपकरण पनि विकास गरिरहेको छ।