तपाईं चिनियाँ ब्राण्ड ‘हुवाइ’को फोन किन्ने सोचमा हुनुहुन्छ। यदि सोचमा हुनुहुन्छ भने अहिले वाई सिरिजअन्तर्गतका हुवाइ वाइ६एस, वाइ९एस, वाइ म्याक्स सजिलै बजारमा पाउन सकिने कम्पनीले बताएको छ। ती फोनको विशेषताको बारेमा यहाँ चर्चा गरिएको छ।
हुवाइ वाइ६एस
६.९ इञ्च डिस्प्ले रहेको यो स्मार्टफोनको बाह्य क्षमता ३ जिबी र आन्तरिक क्षमता ३२ जिबी रहेको छ। फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा र १३ मेगापिक्सेलको ब्याक क्यामेरा जडान गरिएको छ।
यसमा ३ हजार २० एमएचको ब्याट्री रेहको छ। फोनको सुरक्षाको लागि फिंगर प्रिन्ट जडान गरिएको छ। यो फोन ग्राहकले 'स्टेरी ब्ल्याक' र 'अर्चिड ब्लु' रङमा पाउने छन्। यसको बजार मूल्य १६ हजार ७ सय ९० तोकिएको छ।
हुवाइ वाइ९एस
यो फोनमा ६.५९ इञ्चको डिस्प्ले जडान गरिएको छ। फोनमा तीनवटा क्यामेरा जडान गरिएको छ। त्यसमध्ये ४८ मेगापिक्सेलको मूख्य क्यामेरा, ८ मेगा पिक्सेलको वाइड क्यामेरा र २ मेगापिक्सेलको डेप्थ क्यामेरा रहेको छ।
१६ मेगा पिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ। फोनको आन्तरिक क्षमता १२८ जिबी रहेको छ भने बाह्य क्षमता ६ जिबी रहेको छ। फोनमा ४ हजार एमएएच ब्याट्री क्षमता जडान गरिएको छ।
ग्राहकले यो फोन मिडनाइट ब्ल्याक र ब्रेथिक क्रिष्टल गरी दुई रङमा पाउने छन्। यसको बजार मूल्य ३३ हजार ९ सय रूपैयाँ तोकिएको छ।
हुवाइ वाइ म्याक्स
७.१२ इञ्च डिस्प्ले रहेको यो फोन आन्तरिक क्षमता १२८ र बाह्य क्षमता ४ जिबी रहको छ। फोनमा १६ मेगापिक्सेलको मुख्य र २ मेगापिक्सेलको डेप्थ क्यामेरा जडान गरिएको छ।
त्यस्तै, ८ मेगा पिक्सेलको सेल्फी क्यामेरा रहेको छ। यसको ब्याट्री क्षमता ५ हजार एमएएच रहेको छ। ग्राहकले यो फोन कालो, सेतो र खैरो रङमा किन्न पाउँनेछन्।
यसको बजार मूल्य ३८ हजार ९ सय ९० तोकिएको छ। तर दराजमा भने २९ हजार ९ सय ९० रूपैयाँमा पाइने कम्पनीले बताएको छ।
मोडल | मूल्य |
हुवाइ वाइ६एस | १६,७९० |
वाइ९एस | ३३,९९० |
वाइ म्याक्स | ३८,९९० |