चिनियाँ मोवाइल ब्राण्ड ओपोका १५ वटा मोडल नेपाली बजारमा पाइन्छ। ए, एफ र रेनो सिरिजअन्तर्गतका फोनको मूल्य १४ हजारदेखि ४६ हजारसम्म रेहेको छ।
फोनका मोडल, मूल्य र विशेषताहरु
ए१के
यो फोनमा ६.१ इञ्चको ‘वाटर ड्रप स्क्रिन’ जडान गरिएको छ। यसको आन्तरिक क्षमता ३२ जिबी र बाह्रय क्षमता २ जिबी रहेको छ।
फोनमा पछाडिको क्यामेरा ८ मेगापिक्सेल र अगाडिको क्यामेरा ५ मेगापिक्सेलको रहेको छ। यसमा ४ हजार एमएएच ब्याट्री रहेको छ। फोनको बजार मूल्य १४ हजार ९ सय ९० छ।
ए५एस
६.२ इञ्च ‘वाटरड्रप स्क्रिन’ जडान भएको एफाइभएस २ जिबी र ३ जिबी र्याममा किन्न पाइन्छ। यसको आन्तरिक क्षमता ३२ जिबी रहेको छ। पछाडि दुई वटा क्यामेरा जडित यो फोनको मूख्य क्यामेरा १३ मेगापिक्सेल छ भने डेप्थ क्यामेरा ५ मेगापिक्सेल छ। यसमा ८ एमपीको सेल्फी क्यामेरा रहेको छ।
फोनमा ४२ सय ३० एमएएचको ब्याट्री जडान गरिएको छ। यसको बजार मूल्य २ जिबीको १६ हजार ७ सय ९० र ३ जिबीको १८ हजार ५ सय ९० रहेको छ।
ए१२
६.२२ इञ्च ‘वाटरड्रप स्क्रिन’ जडान भएको एफाइभएस २ जिबी र ३ जिबी र्याममा किन्न पाइन्छ। यसको आन्तरिक क्षमता ३२ जिबी रहेको छ।
पछाडि दुई वटा क्यामेरा जडित यो फोनको मूख्य क्यामेरा १३ मेगापिक्सेल छ भने डेप्थ क्यामेरा ५ मेगापिक्सेल छ। सेल्फी क्यामेरा ५ एमपीको रहेको छ।
फोनमा ४२ सय ३० एमएएचको ब्याट्री जडान गरिएको छ। यसको बजार मूल्य २ जिबीको १८ हजार ५ सय ९० र ३ जिबीको २० हजार ७ सय ९० रहेको छ।
ए५३
यो फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी र्याम र ६४ जिबी रोम रहेको छ।
फोनमा २ मेगापिक्सेलको म्याक्रो क्यामेरा, १३ एमपीको मुख्य क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। अगाडिको क्यामेरा १६ एमपीको रहेको छ।
यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ भने १८ वाटको फास्ट चार्ज सुविधा छ। यसको मूल्य २२ हजार ९ सय ९० तोकिएको छ।
ए५ २०२०
फोनमा ६.५ इञ्चको वाटरड्रप स्क्रिन जडान गरिएको छ। फोनमा १२ एमपीको मुख्य क्यामेरा, ८ एमपी वाइड क्यामेरा, २ एपमीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा गरी पछाडि ४ वटा क्यामेरा जडान गरिएको छ।
८ एमपीको अगाडिको क्यामेरा रहेको छ। फास्ट चार्ज सुविधा सहित ५ हजार एमएएच ब्याट्री दिइएको छ। यो फोन पनि ग्राहकले ३ जिबी र ४ जिबी क्षमतामा किन्न पाउँनेछन्। यिनीहरूको मूल्य क्रमशः २२ हजार ९ सय ९० र २५ हजार ४ सय ९० रहेको छ।
ए३एस
यसमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ३ जिबी र्याम र ४ जिबी रोम रहको छ। मोबाइलको पछाडि १३ एमपीको मुख्य क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा रहेको छ।
अगाडिको क्यामेरा ८ एमपी रहेको छ। ४२ सय ३० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य २४ हजार ५ सय ९० रहेको छ।
ए३१
फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोम रहको छ। मोबाइलको पछाडि १३ एमपीको मुख्य क्यामेरा, २ एमपीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा रहेको छ।
अगाडिको क्यामेरा ८ एमपी रहेको छ। उक्त फोनमा ४२ सय ३० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य २६ हजार ५ सय ९० रहेको छ।
ए५२
ए५२ फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोम रहको छ। मोबाइलको पछाडि पट्टि १३ एमपीको मुख्य क्यामेरा, ८ एमपीको वाइड एंगल क्यामेरा, २ एमपीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा रहेको छ।
अगाडिको क्यामेरा १६ एमपी रहेको छ। यसमा ५ हजार एमएएचको ब्याट्री क्षमता छ। जसको मूल्य २९ हजार ९ सय ९० रहेको छ।
एफ११
फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोम रहको छ। फोनमा ४८ एमपीको मुख्य र ५ एमपीको डेप्थ क्यामेरा रहेको छ। अगाडिको क्यामेरा १६ एमपी रहेको छ। ४ सय २० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य २९ हजार ९ सय ९० रहेको छ।
ए९ २०२०
यो फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ८ जिबी र्याम र १२८ जिबी रोम रहको छ।
मोबाइलको पछाडि ४८ एमपीको मुख्य क्यामेरा, ८ एमपीको वाइड एंगल, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। अगाडिको क्यामेरा १६ एमपी रहेको छ। ५ हजार एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य ३३ हजार ५ सय ९० रहेको छ।
एफ९ र एफ९ प्रो
फोनमा ६.३ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी/६ जिबी र्याम र ६४ जिबी रोम रहको छ। मोबाइलको पछाडि पट्टि १६ एमपी र २ एमपीको क्यामेरा जडान गरिएको छ।
अगाडिको क्यामेरा २५ एमपी रहेको छ। ३५ सय एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य क्रमशः ३७ हजार ९ सय ९० (एफ९) र ४५ हजार ५ सय ९० रहेको छ।
एफ११ प्रो
एफ११ प्रो फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ६ जिबी र्याम र १२८ जिबी रोम रहको छ। मोबाइलको पछाडि पट्टि ४८ एमपीको मुख्य क्यामेरा र ५ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ।
अगाडिको क्यामेरा १६ एमपी रहेको छ। ४ हजार एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य ३८हजार ९ सय ९० रहेको छ।
एफ१५
फोनमा ६.४ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ८ जिबी र्याम र १२८ जिबी रोम रहको छ।
मोबाइलको पछाडि पट्टि ४८ एमपीको मुख्य क्यामेरा, ८ एमपीको वाइड एंगल, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ अगाडिको क्यामेरा १६ एमपी रहेको छ। ४ हजार एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य ३९ हजार ९ सय ९० रहेको छ।
रेनो २एफ
फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। फोनको क्षमता ८ जिबी र्याम र १२८ जिबी रोम रहेको छ। मोबाइलको पछाडि पट्टि ४८ एमपीको मुख्य क्यामेरा, ८ एमपीको वाइड एंगल, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। अगाडिको क्यामेरा १६ एमपी रहेको छ।
फोनमा ४ हजार एमएएचको ब्याट्री छ। यसको मूल्य ४३ हजार ९ सय ९० रहेको छ।
रेनो ३
फोनमा ६.४ इञ्चको डिस्प्ले जडान गरिएको छ। फोनको क्षमता ८ जिबी र्याम र १२८ जिबी रोम रहेको छ। मोबाइलको पछाडि पट्टि ४८ एमपीको मुख्य क्यामेरा, ८ एमपीको वाइड एंगल, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ।
अगाडिको क्यामेरा ४४ एमपी रहेको छ। फोनमा ४ हजार २५ एमएएचको ब्याट्री छ। यसको मूल्य ४६ हजार ९ सय ९० रहेको छ।
उल्लेखित फोन ओपोका अफलाइन तथा अनलाइन स्टोरमा पाइने कम्पनीले बताएको छ।