एनसेल आजियाटा लिमिटेडले टिकटक र फेसबुकको ननस्टप प्याकेज ल्याएको छ।
यो प्याकमा एनसेलले एक दिन र ३० दिनको योजना ल्याएको हो। नयाँ प्याकहरु बुधबारदेखि संचालनमा आएका छन्।
कम्पनीकाअनुसार ग्राहकले कर सहित ३१.९२ रुपैयाँमा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन्।
त्यस्तै, ग्राहकले कर सहित ४५९.६८ रुपैयाँमा ३० दिनको प्याक लिन सक्छन्।
यो ३० दिनको प्याक अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस पाउने कम्पनीले बताएको छ।
एनसेलको फोरजी सेवा लिएका ग्राहकले *१७१२३*१# डायल गरेर विकल्प छान्नुपर्छ।
ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरु जस्तैः खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत पनि प्याक लिन सक्छन्।
ननस्टप अफरहरुअन्तर्गत एनसेलले सात दिनको समयसिमाको प्याकमा कर सहित १२७.६९ रुपैयाँमा, युट्युब र फेसबुकको कम्बो प्याक कर सहित १९१.५४ रुपैयाँमा प्रदान गर्दै आएको छ।
यसै योजनामा सात दिनको प्याकमा ४ जिबी र ३० दिनको प्याकमा ६ जिबी थप डेटा बोनसका रुपमा दिदैं आएको छ।
सात दिन वा ३० दिनको नन्स्टप प्याक किन्न विषेश थप योजना पनि रहेको छ।
यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म कर सहित मात्र २५.५४ रुपैयाँमा ३५०० एमबी थप फोरजी डेटा लिन सक्छन्।