ओपोले नयाँ स्मार्टफोन ‘ओपो एफ१७प्रो’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। उक्त फोन कम्पनीले सनिबार 'भर्चुअल' कार्यक्रममार्फत सार्वजनिक गर्ने भएको हो।
क्यामेराः
एफ१७प्रोमा ६ वटा एआई प्रोटेट क्यामेरा जडान गरिएको छ। यसले सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरीय बनाउन सघाउँने कम्पनीले बताएकाे छ।
अल्ट्रा स्लिक फोनः
ओपो एफ१७प्रोमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ। यसमा नयाँ रंगहरुको प्रयोग गरिएको छ।
डिस्प्लेः
एफ१७प्रोमा ६.४३ इञ्चको फुल एचडी, सुपर एमोलेड डिस्प्ले जडान गरिएको छ।
३०वाटभोक फ्ल्याशचार्ज ४.०
एफ१७प्रोमा कम्पनीले ५३ मिनेट भित्र पूरा चार्ज हुने क्षमता सहितको ३०वाट भोक फ्ल्याशचार्ज ४.० उपलब्ध गराएको छ।
यो प्रविधिबाट चार्ज गर्दा चार्जिङको समयमा फोन तात्ने समस्या न्यूनिकरण हुने कम्पनीले बताएको छ।
यसमा ४ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ। फोनको मूल्य भने अहिले कम्पनीले खुलाएको छैन।