फेसबुकले १५० बढी फेक चिनियाँ अकाउन्ट बन्द गरेको छ। राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै उक्त फेसबुक अकाउन्टहरु हटाइएको बिबिसीले जनाएको छ।
फेसबुकले चीनबाट चलिरहेका फेक अकाउन्ट पत्ता लगाएको यो दोस्रो पटक हो।
सन् २०१६ मा सुरु भएका प्रायः अकाउन्टमा फिलिपिन्स र दक्षिण–पूर्वी एसियामा चीनको प्रभावबारे पोष्ट गरिएका थिए।
‘यस्ता अकाउन्टहरु चीनको फुजान प्रान्तमा व्यक्तिगत प्रयोजनका लागि खोलिएको भेटियो’ फेसबुकले भनेको छ ‘प्रायः विषयहरु चीन सरकारको पक्षमा रहेको छ। केहीमा चीनको आलोचना पनि गरेको पाइयो।’
‘केही अकाउन्टहरुले अमेरिकामा हुन लागेको चुनावी निर्वाचन सम्बन्धी आफ्नो तर्क राखेका छन्। कतिले अमेरिकी राष्ट्रपति पदका पूर्व उमेद्वार पीट बुटिगेजबारे लेखेका छन् भने कतिले डोनाल्ड ट्रम्प र जो बिडेनको पक्षमा तर्क गरेका छन्।’
ती फेक फेसबुक अकाउन्टमध्ये केहीले एआइ प्रविधिको प्रयोग गरेको सामाजिक संजाल एनलिस्टिक, ग्राफिकले पत्ता लगाएको छ।
जसलाई जेनिरेटिभ एड्भर्सरियस नेटवर्क (जिएएन) पनि भनिन्छ। जिएएनको प्रयोगबाट कुनै शंका नहुने खालका फेसबुक प्रोफाइल फोटो बनाउन सकिन्छ।
फेसबुकले फिलिपिन्सबाट बनेका केही फेक अकाउन्ट पनि बन्द गरेको छ। यस्ता अकाउन्ट फिलिपिन्सका स्थानीयले चलाएका थिए।
जसबाट आतंकवादविरुद्ध रहेका सैन्य गतिविधि, सामन्यवाद, युवा गतिविधि र विपक्षी दलहरुबारे स्टेटस पोष्ट गरिएको थियो।
फेसबुकले ५७ फेक अकाउन्ट, ३१ पेज र २० इन्स्टाग्राम अकाउन्ट बन्द गरेको हो। फिलिपिन्समा चलिरहेका यस्ता अकाउन्टका लिङ्क फिलिपिन्स सैन्य र प्रहरीको मद्दतमा पत्ता लगाइको हो।