बरदान अनलाइन स्टोरले पोखरामा लकडाउन सुरू भएपछि खाद्यान्नदेखि अति आवश्यक नि:शुल्क वस्तुको होम डेलिभरी सुरू गर्यो। पोखरामा राम्रो सफलता पाएपछि यसले चितवनमा पनि सेवा विस्तार गरेको छ।
वैशाखबाट होम डेलिभरी सेवा दिन थालेको स्टोरका कर्याकारी प्रमुख सन्जिब पौडेलले बताए।
‘अहिले पोखरामा मात्रै ५ हजार उपभोक्ताले सेवा लिइरहेका छन्,’ उनले भने, ‘छिट्टै काठमाडौं र बुटवलमा पनि सुरू गर्ने योजना छ।’
बरदान स्टोरबाट सामान खरिद गरेपछि इ-सेवा, खल्ती, कनेक्ट आइपिएस, आएमई पे, बैकंका अन्य कार्डबाट पैसा तिर्न सकिनेछ।
कम्पनीले स्वदेशी सामानलाई मुख्य प्राथमिकतामा राखेर विदेशी सामान पनि होम डेलिभरी गरिरहेको उनको दाबी छ।
यसले हालसम्म २० जनालाई रोजगारी दिइरहेको छ।
बरदान डट कममा ग्रहाकले आफूले चाहेको सामान अर्डर गर्न सक्नेछन्। कम्पनीले मोबाइल एप पनि छिट्टै ल्याउन लागेको पौडेलले बताए।
बरदान स्टोरबाट सामान किनेपछि ग्राहकले डिजिटल वा नगद भुक्तानी गर्न सक्नेछन्।