सामसङले पाँच वटा क्यामेरा भएको मोबाइल सार्वजनिक गर्ने भएको छ।
‘सामसङ ग्यालेक्सी ए७२’ कम्पनीको पहिलो पेन्टा क्यामेरा अर्थात् पाँच वटा क्यामेरा सहितको स्मार्टफोन हुने दक्षिण कोरियाली प्रकाशन ‘द इलेक’ले बताएको छ।
यो स्मार्टफोन कम्पनीले यस वर्ष सार्वजनिक गरेको ग्यालेक्सी ७१ पछिको उत्कृष्ट फोनमा पर्दछ। जुन २०२१ को मध्ये तिर सार्वजनिक हुने बताइएको छ।
रिर्पोटको अनुसार ग्यालेक्सी ए७२ मा ६४ मेगापिक्सेलको प्राइमरी सुटर, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा, तीन गुणा अप्टिकल जुमको हुनेछ।
यसमा ८ मेगापिक्सेलको टेलिफोटो क्यामरा, ५ मेगापिक्सेलको म्याक्रो क्यामेरा र ५ मेगापिक्सेलको सेन्सर जस्ता नयाँ फिचर रहेको छ।
साथै यस मोबाइलमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि हुनेछ।
सामसङ ग्यालेक्सी ए७२ पाँच वटा क्यामेरा फिचर भएको पहिलो स्मार्टफोन भने होइन। नोकियाले यसअघि नै आफ्नो मोबाइलमा यो फिचर ल्याइसकेको छ।
भारतीय टेक अखबार ग्याजेट ३६० कोअनुसार सामसङले अर्को वर्ष देखि लागू हुने स्मार्टफोनमा क्यामेरा मोडलको संख्या बढाउने अपेक्षा लिइएको छ।