नेपाली बजारमा २० भन्दा बढी ब्राण्डका फोन भित्रिएका छन्। त्यो मध्ये दक्षिण कोरियाली ब्राण्ड सामसङले नेपालमा राम्रो बजार पाएको छ।
सामसङका सबै उमेर समुहलाई सुहाउँदो ८ हजारदेखि डेढ लाख मूल्यसम्मको फोन उपलब्ध छ। त्यसमध्ये यहाँ २० हजारदेखि ४० हजार मूल्यका फोनको बारेमा चर्चा गरिएको छ।
एम२१
यो फोनमा ६४ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसमा तीन वटा क्यामेरा जडान गरिएको छ। जसमा ४८ एमपीको मुख्य क्यामेरा रहेको छ भने ८ एमपीको अल्ट्रा वाइड र ५ एमपीको डेप्थ क्यामेरा रहेको छ।
त्यस्तै, २० एमपीको सेल्फी क्यामेरा रहेको छ। ६ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा १५ वाटको फास्ट चार्चिङ सुविधा दिएको छ। ग्राहकले यो फोन ४ जिबी/६४ र ६ जिबी/१२८ जिबी क्षमतामा किन्न पाउँने छन्। फोनको मूल्य क्रमशः २२ हजार ९ सय ९९ र २७ हजार ४ सय ९९ तोकिएको छ।
ए२१एस
यो फोनमा ६५ इञ्च डिस्प्ले जडान गरिएको छ। यसमा चार वटा क्यामेरा जडान गरिएको छ। जहाँ ४८ एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा वाइड, २ एमपी म्याक्रो र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ।
त्यस्तै, सेल्फी क्यामेरा १३ एमपीको रहेको छ। ५ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनको मूल्य २३ हजार ९ सय ९९ तोकिएको छ।
एम३१
यो फोनमा ६४ इञ्च डिस्प्ले जडान गरिएको छ। यसमा चार वटा क्यामेरा जडान गरिएको छ। जहाँ ६४ एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा वाइड, ५ एमपी म्याक्रो र ५ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ।
त्यस्तै, सेल्फी क्यामेरा ३२ एमपीको रहेको छ। ६ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
उक्त फोन ग्राहकले ६जिबी/१२८ जिबी र ८ जिबी/१२८ जिबी क्षमता किन्न पाउँने छन्। मूल्य क्रमशः ३० हजार ९ सय ९९ र ३५ हजार ६ सय ९९ तोकिएको छ।
ए५१
यो फोनमा ६.५ इञ्च डिस्प्ले जडान गरिएको छ। यसमा चार वटा क्यामेरा जडान गरिएको छ। जहाँ ४८ एमपीको मुख्य क्यामेरा, १२ एमपी अल्ट्रा वाइड, ५ एमपी म्याक्रो र ५ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। त्यस्तै, सेल्फी क्यामेरा ३२ एमपीको रहेको छ।
४ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। उक्त फोनको मूल्य ३९ हजार ९ सय ९९ तोकिएको छ।
मोडल | क्षमता | मूल्य (रूपैयाँमा) |
एम२१ | ४जिबी/६४जिबी | २२,९९९ |
ए२१एस | ४जिबी/६४जिबी | २३,९९९ |
एम२१ | ६जिबी/१२८जिबी | २७,४९९ |
एम३१ | ६जिबी/१२८जिबी | ३०,९९९ |
एम३१ | ८जिबी/१२८जिबी | ३५,६९९ |
ए५१ | ६जिबी/१२८जिबी | ३९,९९९ |