अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयमा न्यायाधीश कार्ल निकोल्सले वेवास्ता गरेकी छन्। अमेरिकामा टिकटक डाउनलोड प्रतिबन्ध लगाउने प्रयासमा संघीय न्यायाधीश कार्लले अवरोध गरेकी हुन्।
अमेरिकी जिल्ला अदालतकी न्यायाधीश कार्लले टिकटकका मालिक बाइटडान्स लिमिटेडलाई अमेरिका र चिनियाँ अधिकारीहरुबाट सम्झौताका लागि अनुमोदन लिन थप समय दिएकी छन्।
अमेरिकामा टिकटक एपल स्टोर र एनरोइड प्लेस्टोरबाट हटाइँदै थियो। अमेरिकामा रहेका प्रयोगकर्ताले भने यसको प्रयोग जारी गर्न सक्थे। तर, नयाँ प्रयोगकर्ताले र पुरानै टिकटक प्रयोगकर्ताले पुनः डाउनलोड गर्न खोजेमा हुँदैन।
बिबिसीकाअनुसार उक्त विषयमा न्यायाधीस कार्लले सुनुवाइपछि कुनै निश्चित निर्णय दिएकी छैनन्। तर, हाललाई टिकटक प्रतिबन्धमा रोक लागेको हो।
यसमा टिकटकले एक विज्ञप्तिमा भनेको छ, ‘अदालतले हाम्रो तर्कहरु सुनिदिएकोमा र कानुन बहस अनुरुप सहमत जनाएकोमा हामी सन्तुष्ट छौं। र टिकटक निषेध गर्ने विषयमा प्रतिबन्ध कार्यान्वयन गर्ने आदेश जारी गरेकोमा खुशी छौं।’
टिकटकले कानुनी बहसमा यसरी एप डाउनलोडमा प्रतिबन्ध लाग्नु भनेको अमेरिकी संविधानको पहिलो र पाँचौं संशोधन उल्लघन हुने तर्क राखेको थियो। साथै कुनै पनि टिकटक प्रयोगकर्ताको आइडी कारणबिना बन्द गर्नु उनीहरुको अधिकार हनन हुनु बताएको थियो।