अमेरिकाको विज्ञान तथा प्रविधि एजेन्सी ‘नासा’ले चन्द्रमामा पहिलो महिला पठाउने घोषणा गरेको छ।
हाल भइरहेको ‘अर्टेमिस योजना’को विषयमा कुरा गर्दै नासाले केही दिन अघि यो कुरा सार्वजनिक गरेको हो। ‘अर्टेमिस योजना’ अमेरिकी सरकार द्धारा अनुदानित ‘क्रूस्पेसफलाइट प्रगोम’ हो, जस अन्तर्गत नासाले पहिलो महिलासँगै अर्को एक पुरुषलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ।
नासाले २०२४ सम्म यो लक्ष्यलाई पुरा गर्ने आशा गरेको छ।
१९७२ मा भएको पहिलो चन्द्रमा अवतरण अर्थात्, ‘अपोलो मिसन’को सफलता पछि मानवलाई चन्द्रमा पठाउने यो दोस्रो प्रयास हो।
‘हामी वैज्ञानिक आविष्कार, आर्थिक फाइदाहरु र आविष्कारहरुले नयाँ पुस्तालाई दिने प्रेरणाको लागि फेरि चन्द्रमामा जान लागेका हौँ,’ नासाका प्रशासक जिम ब्रिडेन्सटिनले भने, ‘जब हामी चन्द्रमामा दिगो उपस्थिति निर्माण गर्छौँ, त्यससँगै मंगल ग्रहमा पनि पहिलो मानवीय अवतरणको लागि प्रयास गर्नेछौँ।’
अमेरिकी अखबार एबिसी न्यूजका अनुसार २०२१ मा नासाले आफ्नो नयाँ शक्तिशाली रकेट, अन्तरिक्ष प्रक्षेपण प्रणाली र ओरियन स्पेसक्राफ्ट एकसाथ दुई उडानको परिक्षण गर्नेछ।
पहिलो महिलालाई चन्द्रमा पठाउनुको साथै ‘अर्टेमिस योजना’ अन्तर्गत पानी तथा अन्य स्रोतको पनि खोजी गर्ने बताइएको छ।
नयाँ प्रविधिको साहायताले अन्तरिक्ष यात्रीले चन्द्रमाको नयाँ क्षेत्रहरु पत्ता लगाउन टाढासम्म यात्रा गर्न सक्नेछन्।