ग्राहकको रोजाईमा परेका विभिन्न मोबाइल ब्राण्ड मध्ये एक हो भिभो। भिभोले विशेषगरि क्यामेरा र साउण्डलाई प्राथमिकता दिएको छ। कम्पनीले सबै ग्राहकलाई लक्षित गरि सस्तो देखि महंगोसम्मका फोन बजारमा ल्याएको छ।
त्यसमध्ये यहाँ १५ हजारदेखि २० हजारसम्मका फोनका बारेमा चर्चा गरिएको छ।
वाई९०
१४ हजार ४ सय ९० मूल्य तोकिएको यस माेडलमा ६.२२ इञ्चको डिस्प्ले रहेको छ। यसमा पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सको एकएक वटा क्यामेरा जडान गरिएको छ। ४ हजार ३० एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउने छन्।
वाई ९१सी २०२०
१४ हजार ९ सय ९९ मूल्य तोकिएको यो फोनमा पनि ६.२२ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसमा पछाडि १३ मेगापिक्सल र अगाडि ५ मेगापिक्सको एक/एक वटा क्यामेरा जडान गरिएको छ। ४ हजार ३० एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउने छन्।
वाई ११
‘वाई ११’ मा ६.२ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसमा पछाडि ८ मेगापिक्सल र २ मेगापिक्सेल गरी दुई वटा क्यामेरा जडान गरिएको छ। त्यस्तै, अगाडि ८ मेगापिक्सको सेल्फी क्यामेरा जडान गरिएको छ। ५ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ३ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउने छन्। यो फोनको बजार मूल्य १८ हजार ५ सय ९० तोकिएको छ।
मोडल | र्याम | रोम | मुल्य रु |
वाई ९० | २जिबी | ३२ जिबी | १४,४९० |
वाई ९१सी २०२० | २जिबी | ३२जिबी | १४,९९९ |
वाई ११ | ३जिबी | ३२जिबी | १८,५९० |