मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाबीच टिकट खरीद बिक्री सम्झौता भएको छ।
सम्झौता अनुसार मनकामना जाने टिकट किन्ने लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न र नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले केबुलकारले उक्त सम्झौता गरेको हो।
टिकट खरिद गर्दा ग्राहकको मोबाइल र कम्प्यूटरमा ई–टिकट प्राप्त हुन्छ सोही ई–टिकट देखाई यात्रा गर्न सकिनेछ।
मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ। केबुलकार सञ्चालनमा आएपछि यो सेवा सुरू हुने कम्पनीले बताएको छ।