एप्पलले आइओएसको नयाँ संस्करणमा प्रयोगकर्ताको चासोका विषयलाई समावेश गरेको हुन्छ।
पछिल्लो समय मोबाइलमा इमोजीको प्रयोग बढी चल्तीमा छ। सोही कुरालाई ध्यानमा राखेर एप्पलले आइफोनको आइओएस (नयाँ अपरेटिङ सिस्टम) १.४ मा नयाँ इमोजी राखेको हो।
केही दिनअघि सार्वजनिक भएको आफ्नो दोस्रो 'बेटा'मा एप्पलले नयाँ इमोजी ल्याएको हो। जसमा प्रयोगकर्ताले आइओएस १४.२ अपडेट गरे ५८ वटा नयाँ इमोजी पाउँछन्।
यो इमोजी प्याकेजमा थुप्रै नयाँ अनुहार, अक्षर, वस्तु र जनावरहरु देख्न पाइन्छ। यसमा हाँस्दै गरेको अनुहारमा आँसु भएको इमोजी र रुप बदल्ने अनुहारको इमोजी छ।
साथै यसपटक एप्पलले लिङ्ग समानता प्रस्तुत गर्दै महिलाले कालो टाइ लगाएको र पुरुषले बेहुलीको घुम्टो लगाएको नयाँ इमोजी राखेको छ। अन्य इमोजीहरुमामहिला सान्ता क्लाउज, बोत्तलबाट शिशुलाई दुध खुवाइरहेका तीन जनाको समुह र साना किराहरु छ।
इमोजीपिडियाले बनाएको यी इमोजीमा सामान्य मानिसले दैनिक रुपमा देख्ने विषयवस्तुलाई झल्काउने प्रयास गरिएको छ।
टेक अखबार इनग्याजेटको अनुसार यी इमोजी २०२१ मा मात्र आउने छ।