‘वनप्लस’ चिनियाँ मोबाइल ब्राण्ड मध्ये एक हो। याे नेपाली बजारमा प्रवेश गरेको ३ वर्ष भयो। साे अवधिमा वनप्लसले सस्तोदेखि महंगो मूल्य सम्मका फोन बजारमा ल्यायो।
‘वनप्सल नोर्ड’ मध्यम मूल्यमा एकदमै बिक्री भएको फोन हो। अहिले यसको मौज्दात सकिएको छ। केही समयपछि उक्त फोन बजारमा पाइने कम्पनीले बताएको छ।
हाल वनप्सलको ‘वनप्लस ८’ र ‘वनप्लस ८प्रो’ बजारमा पाइन्छ। यी फोन कम्पनीको महंगा फोनअन्तर्गत पर्दछन्। फोन फिचर्सको बारेमा तल चर्चा गरिएको छ।
वनप्लस ८
यो फोनको डिस्प्ले ६.५५ इञ्च रहेको छ। फोनमा तीन वटा क्यामेरा जडान गरिएको छ। जुन ४८ मेगापिक्सेल वाइड, १६ मेगापिक्सेल अल्ट्रा वाइड र २ मेगापिक्सेल म्याक्रो क्यामेरा जडान गरिएको छ। साथै, सेल्फी क्यामेरा १६ मेगापिक्सेल छ।
४३ सय एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले १२ जिबी र्याम, २५६ जिबी रोम क्षमतामा किन्न पाउँछन्।
फोनको बजार मूल्य ९३ हजार रूपैयाँ तोकिएको छ।
वनप्लस ८ प्रो
यो फोनको डिस्प्ले ६.७८ इञ्च रहेको छ। यसमा चार वटा क्यामेरा जडान गरिएको छ। जुन ४८ मेगापिक्सेल वाइड, ८ मेगापिक्सेल टेलिफोटो, ४८ मेगापिक्सेल अल्ट्रा वाइड, र ५ मेगापिक्सेल म्याक्रो क्यामेरा जडान गरिएको छ। साथै, सेल्फी क्यामेरा १६ मेगापिक्सेलमा छ।
४५ सय १० एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले ८ जिबी र्याम १२८ जिबी रोम र १२जिबी र्याम २५६जिबी रोम क्षमतामा किन्न पाउँछन्।
फोनको बजार मूल्य क्रमशः १ लाख १० हजार र १ लाख २५ हजार रूपैयाँ तोकिएको छ।
मोडल | क्षमता | मूल्य (रुपैयाँ) |
वनप्लस ८ | १२/२५६ जिबी | ९३,००० |
वनप्लस ८प्रो | ८/१२८ जिबी | १,१०,००० |
वनप्सल ८प्रो | १२/२५६ जिबी | १,२५,००० |