नेपाली बजारमा २० भन्दा बढी ब्रान्डका फोन भित्रिएका छन्। त्यो मध्ये दक्षिण कोरियाली ब्राण्ड सामसङले नेपालमा राम्रो बजार पाएको छ।
सबै उमेर समुहलाई सुहाउँदो सामसङका ८ हजार देखि डेढ लाख मूल्य सम्मका फोन बजारमा उपलब्ध छ। त्यसमध्ये यहाँ ५० हजारदेखि १ लाखसम्मका फोनबारे चर्चा गरिएको छ।
ए७१
यो फोनमा ६७ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसमा चार वटा क्यामेरा जडान गरिएको छ। जसमा ६४ एमपीको मुख्य क्यामेरा रहेको छ भने १२ एमपीको अल्ट्रा वाइड, ५ एमपीको म्याक्रो र ५ एमपीको डेप्थ क्यामेरा छ।
त्यस्तै, ३२ एमपीको सेल्फी क्यामेरा छ। ४५ सय एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा २५ वाटको फास्ट चार्चिङ सुविधा दिइएको छ। यो फोनको मूल्य ४९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
नोट १० लाइट
यो फोनमा ६७ इञ्च डिस्प्ले जडान गरिएको छ। यसमा तीन वटा क्यामेरा जडान गरिएको छ। १२ एमपीको वाइड, १२ एमपीको टेलिफोटो र १२ एमपीको अल्ट्रा वाइड क्यामेरा छन्।
त्यस्तै, सेल्फी क्यामेरा ३२ एमपीको रहेको छ। ५ हजार एमएएच ब्याट्री क्षमता सहित २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। फोनको मूल्य ५८ हजार ९ सय ९९ तोकिएको छ।
एस१०
६१ इञ्च डिस्प्ले जडान गरिएको यो फोनमा तीन वटा क्यामेरा जडान गरिएको छ। जसमा १२ एमपी (मेगापिक्सेल) वाइड, १२ एमपी टेलिफोटो र १६ एमपी अल्ट्रा वाइड क्यामेरा जडान गरिएको छ।
त्यस्तै, सेल्फी क्यामेरा १० एमपीको रहेको छ। ३४ सय एमएएच ब्याट्री क्षमता रहेको फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। फोनको मूल्य ७४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
एस १० प्लस
यो फोनमा ६.४ इञ्च डिस्प्ले जडान गरिएको छ। फोनमा तीन वटा क्यामेरा जडान गरिएको छ। जहाँ १२ एमपी (मेगापिक्सेल) वाइड, १२ एमपी टेलिफोटो र १६ एमपी अल्ट्रा वाइड क्यामेरा जडान गरिएको छ। त्यस्तै, सेल्फीमा १० एमपी र ८ एमपीको दुईवटा वाइड क्यामेरा जडान गरिएको छ।
४१ सय एमएएच ब्याट्री क्षमता रहेको फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। यो फोन ८जिबी र्याम १२८ जिबी रोम र ८जिबी र्याम ५१२ जिबी रोम क्षमतामा पाइन्छ। फोनको मूल्य क्रमशः ८९ हजार ९ सय ९९ र ९९ हजार ९ सय ९९ तोकिएको छ।
एस२०
६.२ इञ्च डिस्प्ले जडान गरिएको यो फोनमा तीन वटा क्यामेरा जडान गरिएको छ। यसमा १२ एमपी (मेगापिक्सेल) वाइड, ६४ एमपी टेलिफोटो र १२ एमपी अल्ट्रा वाइड क्यामेरा जडान गरिएको छ। त्यस्तै, सेल्फीमा १० एमपी रहेको छ।
४ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। फोनको मूल्य ९४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
मोडल | क्षमता | मूल्य (रूपैयाँमा) |
ए७१ | ८जिबी/१२८जिबी | ४९,९९९ |
नोट१०लाइट | ८जिबी/१२८जिबी | ५८,९९९ |
एस१० | ८जिबी/१२८जिबी | ७४,९९९ |
एस१०प्लस | ८जिबी/१२८जिबी | ८९,९९९ |
एस१०प्सल | ८जिबी/५१२जिबी | ९९,९९९ |
एस२० | ८जिबी/१२८जिबी | ९४,९९९ |