शाओमी नेपालले विभिन्न सिरिजका फोन नेपाली बजारमा भित्र्याएको छ। त्यो मध्ये एक हो रेड्मी सिरिज। यो सिरिजका फोनमा कम्पनीले महँगा फोनमा हुने फिचर समावेश गरेको बताएको छ।
रेड्मीका २० हजारदेखि ३० हजार सम्मका फोनहरूको बारेमा यहाँ चर्चा गरिएको छ। यो श्रेणीमा एमआइ र रेड्मीका फोन पाइन्छ।
रेड्मी नोट८
यो फोनको डिस्प्ले ६.९ इञ्च रहेको छ। पछाडि ३ वटा क्यामेरा जडान गरिएको छ। जहाँ ४८ मेगापिक्सेलको वाइड, ८ मेगापिक्सेलको अल्ट्रा वाइड र २ मेगापिक्सेलको डेप्थ क्यामेरा रहको छ। त्यस्तै, ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ।
४ हजार ३० एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले दुईवटा भेरियन्टमा किन्न पाउँछन्। जसको मूल्य क्रमशः २० हजार ९ सय ९९ र २३ हजार ९ सय ९९ तोकिएको छ।
रेड्मी नोट८ प्रो
यो फोनको डिस्प्ले ६.५३ इञ्च रहेको छ। पछाडि ४ वटा क्यामेरा जडान गरिएको छ। जसमा ६४ मेगापिक्सेलको वाइड, ८ मेगापिक्सेलको अल्ट्रा वाइड, २ मेगापिक्सेलको डेप्थ र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा जडान गरिएको छ। त्यस्तै, २० मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ।
४५ सय एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले दुईवटा भेरियन्टमा किन्न पाउँछन्। जसको मूल्य क्रमशः २६ हजार ९ सय ९९ र २९ हजार ९ सय ९९ तोकिएको छ।
रेड्मी नोट९
यो फोनको डिस्प्ले ६.६७ इञ्च रहेको छ। पछाडि ४ वटा क्यामेरा जडान गरिएको छ। जसमा ६४ मेगापिक्सेलको वाइड, ८ मेगापिक्सेलको अल्ट्रा वाइड, २ मेगापिक्सेलको डेप्थ र ५ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ। त्यस्तै, १६ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ।
५ हजार २ सय एमएएच ब्याट्री क्षमता भएको यो फोनमा ३० वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। ग्राहकले यो फोन तीनवटा भेरियन्टमा किन्न पाउँछन्। जसको मूल्य क्रमशः २० हजार ९ सय ९९, २२ हजार ९ सय ९९ र २३ हजार ९ सय ९९ तोकिएको छ।
रेड्मी नोट९ प्रो
यो फोनको डिस्प्ले ६.३ इञ्च रहेको छ। पछाडि ४ वटा क्यामेरा जडान गरिएको छ। जहाँ ४८ मेगापिक्सेलको वाइड, ८ मेगापिक्सेलको अल्ट्रा वाइड, २ मेगापिक्सेलको डेप्थ र २ एमपीको म्याक्रो क्यामेरा रहको छ। त्यस्तै, २३ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ।
४ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। ग्राहकले यो फोन दुईवटा भेरियन्टमा किन्न पाउँछन्। जसको मूल्य क्रमशः २६ हजार ९ सय ९९ र २९ हजार ९ सय ९९ तोकिएको छ।
एमआइ ए३
यो फोनको डिस्प्ले ६.३ इञ्च रहेको छ। पछाडि ४ वटा क्यामेरा जडान गरिएको छ। जहाँ ४८ मेगापिक्सेलको वाइड, ८ मेगापिक्सेलको अल्ट्रा वाइड, २ मेगापिक्सेलको डेप्थ र २ एमपीको म्याक्रो क्यामेरा रहको छ। त्यस्तै, १३ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ।
४ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। ग्राहकले यो फोन दुईवटा भेरियन्टमा किन्न पाउँछन्। जसको मूल्य क्रमशः २३ हजार ९ सय ९९ र २७ हजार ९ सय ९९ तोकिएको छ।
मोडल | क्षमता | मूल्य |
एमआइ ए३ | ४जिबी/६४जिबी | २३,९९९ |
६जिबी/१२८जिबी | २७,९९९ |
रेड्मी नोट८ | ४जिबी/६४जिबी | २०,९९९ |
६जिबी/१२८जिबी | २३,९९९ |
रेड्मी नोट८ प्रो | ६जिबी/६४जिबी | २६,९९९ |
६जिबी/१२८जिबी | २९,९९९ |
रेड्मी नोट९ | ४जिबी/६४जिबी | २०,९९९ |
४जिबी/१२८जिबी | २२,९९९ |
रेड्मी नोट९ | ६जिबी/१२८जिबी | २४,९९९ |
रेड्मी नोट९ प्रो | ४जिबी/१२८जिबी | २६,९९९ |
६जिबी/१२८जिबी | २९,९९९ |