नेपाली बजारमा २० भन्दा बढी ब्रान्डका फोन भित्रिएका छन्। त्यो मध्ये दक्षिण कोरियाली ब्रान्ड सामसङले नेपालमा राम्रो बजार पाएको छ।
सामसङका सबै उमेर समुहलाई सुहाउँदो ८ हजार देखि डेढ लाख मूल्यसम्मको फोन उपलब्ध छ। त्यसमध्ये यहाँ एक लाख माथिका फोनबारे यहाँ उल्लेख गरिएको छ।
नोट२०
यो फोनमा ६.७ इञ्च डिस्प्ले जडान गरिएको छ। फोनमा तीन वटा क्यामेरा जडान गरिएको छ।
जसमा १२ मेगापिक्सेल वाइड, ६४ मेगापिक्सेल टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा जडान गरिएको छ। त्यस्तै, सेल्फी क्यामेरा १० मेगापिक्सेल रहेको छ।
४३ सय एमएएच ब्याट्री क्षमता रहेको फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। फोनको मूल्य क्रमशः १ लाख ९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
नोट१०
यो फोनमा ६.३ इञ्च डिस्प्ले जडान गरिएको छ। फोनमा तीन वटा क्यामेरा जडान गरिएको छ। जसमा १२ मेगापिक्सेल वाइड, १२ मेगापिक्सेल टेलिफोटो र १६ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा जडान गरिएको छ। त्यस्तै, सेल्फी क्यामेरा १० मेगापिक्सेल रहेको छ।
३५ सय एमएएच ब्याट्री क्षमता रहेको फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। फोनको मूल्य क्रमशः १ लाख ११ हजार ३ सय ९९ रूपैयाँ तोकिएको छ।
नोट२० अल्ट्रा
यो फोनमा ६.९ इञ्च डिस्प्ले जडान गरिएको छ। फोनमा तीन वटा क्यामेरा जडान गरिएको छ। जसमा १०८ मेगापिक्सेल वाइड, १२ मेगापिक्सेल टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा जडान गरिएको छ। त्यस्तै, सेल्फी क्यामेरा १० मेगापिक्सेल रहेको छ।
४५ सय एमएएच ब्याट्री क्षमता रहेको फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। फोनको मूल्य क्रमशः १ लाख ३९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
एस२० अल्ट्रा
यो फोनमा ६.९ इञ्च डिस्प्ले जडान गरिएको छ। फोनमा चार वटा क्यामेरा जडान गरिएको छ।
जसमा १०८ मेगापिक्सेल वाइड, ४८ मेगापिक्सेल टेलिफोटो, १२ मेगापिक्सेल अल्ट्रा वाइड र ०.३ मेगापिक्सेलको डेप्थ क्यामेरा जडान गरिएको छ। त्यस्तै, सेल्फी क्यामेरा ४० मेगापिक्सेल रहेको छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनमा ४५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। फोनको मूल्य क्रमशः १ लाख ५९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
एस२०प्लस
यो फोनमा ६.७ इञ्च डिस्प्ले जडान गरिएको छ। फोनमा चार वटा क्यामेरा जडान गरिएको छ।
जसमा १२ मेगापिक्सेल वाइड, ६४ मेगापिक्सेल टेलिफोटो, १२ मेगापिक्सेल अल्ट्रा वाइड र ०.३ मेगापिक्सेलको डेप्थ क्यामेरा जडान गरिएको छ। त्यस्तै, सेल्फी क्यामेरा १० मेगापिक्सेल रहेको छ।
४५ सय एमएएच ब्याट्री क्षमता रहेको फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। फोनको मूल्य क्रमशः १ लाख ४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
नोट१० प्लस
यो फोनमा ६.८ इञ्च डिस्प्ले जडान गरिएको छ।
फोनमा चारवटा क्यामेरा जडान गरिएको छ। जसमा १२ मेगापिक्सेल वाइड, १२ मेगापिक्सेल टेलिफोटो, १६ मेगापिक्सेल अल्ट्रा वाइड र ०.३ मेगापिक्सेलको डेप्थ क्यामेरा जडान गरिएको छ। त्यस्तै, सेल्फी क्यामेरा १० मेगापिक्सेल रहेको छ।
४३ सय एमएएच ब्याट्री क्षमता रहेको फोनमा ४५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। फोनको मूल्य क्रमशः १ लाख २९ हजार ५ सय ९९ रूपैयाँ तोकिएको छ।
मोडल | क्षमता | मूल्य |
नोट२० | ८जिबी/२५६जिबी | १,०९,९९९ |
नोट१० | ८जिबी/२५६जिबी | १,११,३९९ |
नोट२०अल्ट्रा | ८जिबी/२५६जिबी | १,३९,९९९ |
एस२०प्लस अल्ट्रा | ८जिबी/१२८जिबी | १,५९,९९९ |
एस२०प्लस | ८जिबी/१२८जिबी | १,०४,९९९ |
नोट१०प्लस | १२जिबी/२५६जिबी | १,२९,५९९ |