ओक्सेम्बर्ग अनलाइन स्टोरले नेपालमा पनि सेवा सुरु गरेको छ। अक्सेम्बर्ग नेपाल सियाराम समुहको ब्राण्डले ओक्सेम्बर्ग डट स्टोरबाट सेवा सुरु गरेको हो।
नेपाली ग्राहकहरुले अब अक्सेम्बर्गका उत्पादनहरु अनलाइनबाट किन्न सक्छन्। यसले घरमै डेलिभरी पनि गर्छ।
गत वर्ष फागुनमा अक्सेम्बर्गले काठमाडौं सिभिल मल तथा ललितपुरको कुमारीपाटी तथा लाबिम मलमा आधिकारिक आउटलेट खोलेको थियो। त्यहाँ पुरुषहरुका लागि पार्टी वेयर, जिन्स लगायत कपडा पाइन्छ।
अनलाइनमार्फत सामान किन्दा फोनपे वा डेलिभरी भएपछि नगद/कार्डबाट पनि भुक्तानी गर्न सकिन्छ।
ग्राहकहरुले ८ हजार रुपैयाँ माथिका सामान किन्दा एउटा 'टाइमेक्स' घडी उपहार पाइन्छ। साथै लंच१० कोड टाइप गरेर १० प्रतिशत छुट पाइने कम्पनीको भनाइ छ।