चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली बजारमा राम्रो स्थान पाएको छ। ओपोका फोन धेरैजसो प्रयोगकर्ताले मनपराएका छन्।
यसले सबै वर्गका ग्राहकलाई सुहाउँदो फोन बजारमा ल्याएको छ। यसका १५ हजारदेखि १ लाख माथिसम्मका फोन बजारमा छन्। यहाँ १५ हजारदेखि २० हजार मूल्यका फोनबारे उल्लेख गरिएको छ।
ए१के
यो फोनमा ६.१ इञ्चको ‘वाटर ड्रप स्क्रिन’ जडान गरिएको छ। फोनमा पछाडिको क्यामेरा ८ मेगापिक्सेल र अगाडिको क्यामेरा ५ मेगापिक्सेलको रहेको छ।
यसमा ४ हजार एमएएच ब्याट्री जडान गरिएको छ। यो फोनको बजार मूल्य १४ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
ए५एस
६.२ इञ्च ‘वाटरड्रप स्क्रिन’ जडान भएको ए५एसमा पछाडि दुई वटा क्यामेरा जडान गरिएको छ। जसमा १३ मेगापिक्सेल वाइड र २ मेगापिक्सेलको डेप्थ क्यामेरा छ।
यसमा ८ एमपीको सेल्फी क्यामेरा रहेको छ। फोनमा ४२ सय ३० एमएएचको ब्याट्री जडान गरिएको छ। दुई वटा भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः १६ हजार ७ सय ९० र १८ हजार ५ सय ९० रूपैयाँ तोकिएको छ।
ए१२
यो फोनमा ६.२२ इञ्च ‘वाटरड्रप स्क्रिन’ जडान गरिएको छ।
पछाडि दुई वटा क्यामेरा जडित यो फोनको मूख्य क्यामेरा १३ मेगापिक्सेल छ भने डेप्थ क्यामेरा २ मेगापिक्सेल छ। त्यस्तै सेल्फी क्यामेरा ५ एमपीको रहेको छ।
फोनमा ४२ सय ३० एमएएचको ब्याट्री जडान गरिएको छ। दुई वटा भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः १८ हजार ५ सय ९० र २० हजार ७ सय ९० रूपैयाँ तोकिएको छ।