भारतीय बजारमा ‘आइफोन १२’ अक्टोबर १३ मा लञ्च हुने भएको छ। ‘म्याक रौमरस’अनुसार उपभोक्ताले अक्टोबर १६ देखि किन्न पाउने छन्।
केही स्रोतले भने २३ अक्टोबरमा किन्न पाइने उल्लेख गरेका छन्। लञ्च भइसकेपछि उपभोक्तालाई प्रि–बुकिङ खुला गरिने छ।
आइफोन १२ का मोडलहरूमा ५ जी फिचर्स सुविधा दिइएको छ।
नवभारत टाइम्सका अनुसार आइफोन १२ सिरिजको ४ वटा स्मार्टफोन लञ्च हुने भएको छ। आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी हुने अनुमान गरिएको छ।
आइफोन १२ र १२ प्रोमा ६.१ इञ्च डिस्प्ले जडान गरिएको हुने छ। त्यस्तै, प्रो म्याक्समा ६.७ इञ्च डिस्प्ले र १२ मिनीमा ५.४ इञ्च डिस्प्ले जडान गरिएको छ।
यी स्मार्टफोनको मूल्य ६९९ देखि ७४९ डलर हुने अनुमान गरिएको छ।