पछिल्लो समय धेरै सरकारी कार्यालयका कर्मचारीहरूमा कोरोना भाइरस संक्रमण देखिइरहेको छ। सेवाग्राहीको भीडका कारण सरकारी कार्यालयमा कोरानाको संक्रमण फैलिएको अनुमान गरिएको छ।
ट्राफिक प्रहरीले यो समस्या केही हदसम्म कम गर्न सवारी हराएको उजुरी दिन ‘अनलाइन उजुरी प्रणली’ सुरु गरेको छ।
यो प्रणली मार्फत सवारी भेटियो/भेटिएन भन्ने अपडेट लिन सकिन्छ। हाल यो सिस्टम काठमाडौं उपत्काका लागि मात्रै लागू हुनेछ।
कसरी गर्ने उजुरी?
ट्राफिक प्रहरीको वेवसाइट जानुपर्छ। वेसवाइटको पहिलो कोलमको दायाँपट्टी अन्तिममा ‘अनलाइन एप्लिकेसन’ कोलम छ।
त्यहाँ क्लिक गरेपछि ‘लस्ट डकुमेन्ट एप्लिकेसन’ र ‘लस्ट भेइकल एप्लिकेसन’ नामक २ वटा अप्सन आउँछ।
‘लस्ट भेइकल एप्लिकेसन’मा गएर सवारीको, हराएको घटनाको र सवारी धनीको सामान्य विवरण माग गरिएको हुन्छ।
उक्त विवरण भरेपछि यहीँ पेजमाथी दायाँ पट्टी ‘सवमिट फर्म’ र ‘चेक एप्लिकेसन अप्सन मध्य ‘सवमिट फर्म’ चयन गर्नुपर्छ।
त्यसपछि उजुरी दर्ता हुन्छ र एप्लिकेसन आइडी आउँछ। त्यो आईडी नोट गरेर राख्नु पर्छ।
पछि आफ्नो सवारी भेटियो÷भेटिएन हेर्न सोही पेजमाथी ‘चेक एप्लिकेसन’ अप्सन क्लिक गरेर एप्लिकेसन आइडी, आफ्नो पूरा नाम र सवारी साधनको नम्बर भरेर चेक गर्न सकिन्छ।