सामसङले ‘ग्यालेक्सी जेट फोल्ड२’ स्मार्टफोनको प्रि–बुकिङ नेपाली बजारमा खुला गरेको छ। यो थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो।
प्रि बुकिङ गर्ने ग्राहकले मिस्टिक ब्ल्याक र मिस्टिक ब्रोन्ज गरी दुई रङमा यो फोन पाउँछन्।
ती ग्राहकले ‘ग्यालेक्सी बड्स लाइभ’ निःशुल्क पाउँछन्। साथै एकपटकको लागि एनएलजी इस्युरेन्समार्फत् टुटफुटमा १ वर्षको बीमा दिइनेछ।
उक्त फोनमा १५.७४ से मी (६.२ इन्च)को कभर स्क्रिन, ठूलो स्क्रिनलगायतका फिचर्स छन्।
स्क्रिन कभरबाट डिभाइस अनफोल्ड नगरी मेल हेर्न र कन्टेन्ट पढ्न सकिन्छ।
यसमा ४ हजार पाँच सय एमएएच ब्याट्री जडान छ। यो फोनको मूल्य २ लाख ४९ हजार ९ सय ९९ तोकिएको छ।