ग्राहकको रोजाइमा परेको विभिन्न मोबाइल ब्राण्ड मध्ये एक हो, भिभो। भिभोले विशेषगरी क्यामेरा र साउन्डलाई प्राथमिकता दिएको छ।
कम्पनीले सबै ग्राहकलाई लक्षित गरी सस्तोदेखि महंगा फोन बजारमा ल्याएको छ। त्यसमध्ये यहाँ २५ हजारदेखि ३० हजार मूल्य फोनका बारेमा उल्लेख गरिएको छ।
वाई१७
यो फोनको डिस्प्ले ६.३५ इञ्चको रहेको छ। यसमा पछाडि १३ मेगापिक्सेल र ८ मेगापिक्सेलको दुई वटा क्यामेरा जडान गरिएको छ। यसको सेल्फी क्यामेरा २० मेगापिक्सेल रहेको छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ४ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य २५ हजार १ सय ९० तोकिएको छ।
वाई१९
यो फोनको डिस्प्ले ६.५३ इञ्चको रहेको छ। यसमा पछाडि १६ मेगापिक्सेल र ८ मेगापिक्सेलको दुई वटा क्यामेरा जडान गरिएको छ। यसको सेल्फी क्यामेरा १६ मेगापिक्सेल रहेको छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ६ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य २७ हजार ९ सय ९० तोकिएको छ।
एस१ मिनी
यो फोनको डिस्प्ले ६.३८ इञ्चको रहेको छ। यसमा पछाडि १६ मेगापिक्सेल र ८ मेगापिक्सेलको दुई वटा क्यामेरा जडान गरिएको छ। यसको सेल्फी क्यामेरा ३२ मेगापिक्सेल रहेको छ।
४५ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ४ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य २८ हजार ३ सय ९० तोकिएको छ।
वाई३०
यो फोनको डिस्प्ले ६.४७ इञ्चको रहेको छ। यसमा पछाडि ४ वटा क्यामेरा जडान गरिएको छ। जसमा १३ प्लस ८ प्लस २ प्लस २ प्लस मेगापिक्सेलका रहेका छन् । यसको सेल्फी क्यामेरा ८ मेगापिक्सेल रहेको छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ४ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य २७ हजार ९ सय ९० तोकिएको छ।
एस१
यो फोनको डिस्प्ले ६.३८ इञ्चको रहेको छ। यसमा पछाडि १६ मेगापिक्सेल र ८ मेगापिक्सेलको दुई वटा क्यामेरा जडान गरिएको छ। यसको सेल्फी क्यामेरा ३२ मेगापिक्सेल रहेको छ।
४५ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ६ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य ३१ हजार ४ सय ९० तोकिएको छ।
मोडल | क्षमता | मूल्य (रूपैयाँमा) |
वाई१७ | ४जिबी/१२८जिबी | २५,१९० |
वाई१९ | ६जिबी/१२८जिबी | २७,९९० |
एस१ मिनी | ४जिबी/१२८जिबी | २८,३९० |
वाई३० | ४जिबी/१२८जिबी | २७,९९० |
एस१ | ६जिबी/१२८जिबी | ३१,४९० |