काठमाडौं बालुवाटारस्थित इनोभेट टेकले सयको हाराहारीमा प्राविधिक, शिक्षक र विषय विज्ञलाई दुई लाखसम्म तलब दिने प्रस्ताव सहितको प्रोजेक्ट अगाडि बढाएको छ।
नेपाल र विश्वका विभिन्न मुलुकका विद्यालय तथा कलेजहरूका लागि डिजिटल पाठ्यसामग्री तयार गर्ने प्रोजेक्टले दुई लाखसम्म तलबको प्रस्ताव गरेको हो।
इनोभेट टेकद्वारा नेपालमै विकास गरिएको माई सेकेण्ड टिचर एपले हाल क्याम्ब्रिज विश्वविद्यालयको विद्यालय पाठ्यक्रममा आधारित डिजिटल पाठ्यसामग्रीको विकास र विश्वस्तरमा प्रवर्द्धन गरिरहेको छ।
हाल जापान, कोलम्बिया, चिन, सिंगापुर, इजिप्ट, भारत, इन्डोनेसिया, ओमन लगायत विश्वका १६ भन्दा बढी देशका ६० भन्दा बढी विद्यालयले नेपालमा विकसित यो एप्प्लिकेसनमार्फत् विभिन्न पाठ्यसामग्रीको प्रयोग गरिरहेको इनोभेट टेकका सुलभ बुढाथोकीले जानकारी दिए।
बुढाथोकी राजधानीको इसलिङ्टन कलेजका सञ्चालक समेत हुन्।
दुई वर्ष अघि अर्थात सन् २०१८ मा स्थापना भएको इनोभेट टेकद्वारा विकसित माई सेकेण्ड टिचर एसिया प्यासिफिक क्षेत्रमा कहलिएको नाम हो। सन् २०२० मा एसिया प्यासिफक क्षेत्रमा उत्कृष्ट १० इ-लर्निङ्ग टेक्नोलोजी कम्पनीहरूमा पर्न सफल भएको बुढाथोकीले बताए।
हाल विश्वका ५० हजार भन्दा बढी शिक्षक तथा विद्यार्थीहरूले अध्ययन अध्यापन गराइरहेको उनले उल्लेख गरे।
साथै इनोभेट टेकले तयार पारेको प्लाटफर्मले विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्ने तथा आर्टिफिसियल इन्टेलिजेन्समार्फत् परीक्षा समेत लिनेछ।
दुई लाख तलब दिने प्रोजेक्टबारे सुलभ बुढाथोकीसँगको कुराकानी -