पछिल्लो समय ठूला कम्पनी आफ्ना स्मार्टफोनहरुमा ५ जी फिचरको सुविधा दिन लागि परेका छन्।
यसमा सामसङले पनि नयाँ पुस्ताको मागलाई मध्यनजर गर्दै नयाँ उत्पादनहरुमा थुप्रै फिचर ल्याइरहेको छ।
हाल सामसङले सार्वजनिक गरेका सबै प्रिमियम स्मार्टफोनमा ५ जीको सुविधा छ। यो बाहेक कम्पनीले सस्तो ५ जी फोन सार्वजनिक गर्नमा ध्यान केन्द्रित गरिरहेको छ।
सोमबार सामसङले आफ्नो ए सिरिजमा पर्ने सबैभन्दा नयाँ र सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ। जसमा ग्यालेक्सी ए-४२ अहिलेसम्मको सबैभन्दा सस्तो ५जी स्मार्टफोनमा परेको कम्पनीले बताएको छ।
करिब चार सय ५५ अमेरिकी डलर मूल्य रहेको यो स्मार्टफोन यस वर्षको सुरुमा सार्वजनिक भएको ग्यालेक्सी ए५१ पछिको अर्को संस्करण हो। जसमा ग्यालेक्सी ए-५१ को मूल्य करिब चार सय ९९ अमेरिकी डलर रहेको छ।
सामसङ ग्यालेक्सी ए-४२ हालै सार्वजनिक भएको ग्यालेक्सी ए र ग्यालेक्सी एम स्मार्टफोन जस्तै देखिने रिर्पोटले बताएको छ।
हिन्दुस्तान टेकका अनुसार यो स्मार्टफोन ६ इन्च एचडी तथा रिजोलुसन र सुपर एमोल्ड इन्फिनिटी यू डिस्प्लेसहित आउँनेछ। यस फिचरमा प्रयोगकर्ताले फोनमा थुप्रै रंग स्पष्ट देख्न सक्नेछन्, जुन भिडियो हेर्न र बनाउन सहज हुन्छ।
यसमा स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि छ।
यो स्मार्टफोनमा ४ वटा क्यामरा छ, जुन ४८ मेगापिक्सल प्राइमेरी सेन्सर, ८ मेगापिक्सल अल्ट्रा वाइड–एंगल सेन्सर, ५ मेगापिक्सल डेप्थ सेन्सर र ५ मेगापिक्सल माक्रो सेन्सर साथ आउने छ। यस फिचर अन्तर्गत प्रयोगकर्ताले आफ्नो आँखाले भ्याउन सक्ने जति दृश्यको फोटो स्पष्ट खिच्न सक्नेछन्।
फोनको अगाडि भने २० मेगापिक्सलको सेल्फी क्यामरा छ।
यो सँगै सामसङ ग्यालेक्सी ए-४२ मा ७५० जी प्रोसेसरको फिचर छ। चार, ६ र आठ जिबी र्याम, १२८ जिबीको आन्तरिक स्टोरेज सहितको सुविधा बाहेक प्रयोगकर्ताले एक टिबी सम्मको मेमोरी कार्ड पाउनेछन्।
यसमा पाँच हजार एमएएच ब्याट्री छ। यो ब्याट्री १५ वाट चार्जिङबाट चल्छ।
ग्यालेक्सी ए-४२ स्मार्टफोन नोभेम्बर ६ देखि बेलायतमा उपलब्ध हुनेछ। त्यसको एक महिनापछि यूरोपको अन्य सहरहरुमा पनि उपलब्ध हुने हिन्दुस्तान टेकले जनाएको छ।