भूकम्प प्रभावित जिल्लाहरुमा यसअघि उपलब्ध भइरहेको निशुल्क इन्टरनेट सेवाको समायावधि सकिएको छ। ग्रामिण दूरसञ्चार कोषको रकम परिचालन गरी इन्टरनेट सेवा नपुगेका प्रभावित ११ जिल्लामा नेपाल दूरसञ्चार प्राधिकरणले सेवा विस्तार गरेको थियो।
यस्तो सेवा सुरुका २ वर्षमात्र निशुल्क हुने भएपनि कोभिड १९ का कारण केही समय लम्बिएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै अवदेखि स्थानीय तहरुले सेवा प्रदायकलाई शुल्क तिरेरै सेवा लिन आग्रह गरेको छ।
नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीका ईन्टरनेट सेवा नपुगेका स्थानिय तह, सामूदायिक स्वास्थ्य संस्थाहरु तथा सामूदायिक माध्यामिक बिद्यालयहरुमा इन्टरनेट सेवा विस्तार गरिएको थियो।
अवदेखि भने यस्ता संस्थाहरुले प्राधिकरणबाट स्वीकृत गरेको महशुल दरमा मात्र सेवा प्रदायकहरुसंग सम्झौता गरी ईन्टरनेट सेवाको उपभोग गर्नुपर्ने भएको छ।