चिनियाँ मोवाइल ब्राण्ड ओपोका विभिन्न मोडलका फोन नेपाली बजारमा पाइन्छ। ओपोका ए, एफ र रेनो सिरिजका फोन छन्। यी फोनको मूल्य १४ हजारदेखि ४६ हजारसम्म छ।
कम्पनीले आफ्ना सबै ग्राहकलाई सुहाउँदो फोन बजारमा ल्याएको छ। त्यसमध्ये यहाँ २५ देखि ३० हजार मूल्यका फोनबारे उल्लेख गरिएको छ।
ए३एस
यसमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ३ जिबी र्याम र ४ जिबी रोम रहको छ। मोबाइलको पछाडि १३ एमपीको मुख्य क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा रहेको छ।
अगाडिको क्यामेरा ८ एमपी रहेको छ। ४२ सय ३० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य २४ हजार ५ सय ९० रहेको छ।
ए३१
फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोम रहको छ। मोबाइलको पछाडि १३ एमपीको मुख्य क्यामेरा, २ एमपीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा रहेको छ।
अगाडिको क्यामेरा ८ एमपी रहेको छ। उक्त फोनमा ४२ सय ३० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य २६ हजार ५ सय ९० रहेको छ।
ए५२
ए५२ फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोम रहको छ। मोबाइलको पछाडि पट्टि १३ एमपीको मुख्य क्यामेरा, ८ एमपीको वाइड एंगल क्यामेरा, २ एमपीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा रहेको छ।
अगाडिको क्यामेरा १६ एमपी रहेको छ। यसमा ५ हजार एमएएचको ब्याट्री क्षमता छ। जसको मूल्य २९ हजार ९ सय ९० रहेको छ।
एफ११
फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोम रहको छ।
फोनमा ४८ एमपीको मुख्य र ५ एमपीको डेप्थ क्यामेरा रहेको छ। अगाडिको क्यामेरा १६ एमपी रहेको छ। ४ सय २० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य २९ हजार ९ सय ९० रहेको छ।
ए५ २०२०
फोनमा ६.५ इञ्चको वाटरड्रप स्क्रिन जडान गरिएको छ। फोनमा १२ एमपीको मुख्य क्यामेरा, ८ एमपी वाइड क्यामेरा, २ एपमीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा गरी पछाडि ४ वटा क्यामेरा जडान गरिएको छ।
८ एमपीको अगाडिको क्यामेरा रहेको छ। फास्ट चार्ज सुविधा सहित ५ हजार एमएएच ब्याट्री दिइएको छ।
यो फोन ग्राहकले ४ जिबी र्याम र ६४ जिबी रोम क्षमतामा किन्न पाउँनेछन्। फोनको मूल्य २५ हजार ४ सय ९० रहेको छ।