नेपाल टेलिकमले पहिलोपटक एप्लिकेशन डाउनलोड गर्ने ग्राहकलाई पाँच सय एमबी डेटा निशुMल्क उपलब्ध गराउने भएको छ।
कात्तिक १ गतेदेखि लागू हुने यो अफरमा नेपाल टेलिकमको मोबाइल एप्लिकेशन डाउनलोड गर्ने ग्राहकले मोबाइल डेटा पाउने छन्।
त्यस्तै आफ्नो सिमकार्ड फोरजीमा स्तरोन्नति गर्ने ग्राहकले पनि निशु:ल्क डेटा पाउने छन्। कम्पनीले *444# डायल गरी फोरजीमा स्तरोन्नति गर्दा कूल एक जीबी डेटा पाउने छन्। तर यसमा पाँच सय एमबी फोरजी नेटवर्कबाटमात्र खपत हुने छ।
नेपाल टेलिकमको एप्लिकेशन एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर र आइओएसका प्रयोगकर्ताले एपस्टोरबाट डाउनलोड गर्नसक्ने छन्।