एप्पलले चर्चित अडियो उत्पादन कम्पनी बिट्स सँगको साझेदारीमा पहिलो बिट्स हेडफोन सार्वजनिक गरेको छ।
वातावरणलाई ध्यानमा राखेर एप्पलले नयाँ आइफोनहरुमा एयरपोड हटाएपछि ‘बिट्स फेल्कस’ नामक हेडफोन उत्पादन गरिएको हो।
यो हेडफोन अन्य हेडफोन भन्दा केही फरक रहेको कम्पनीले बताएको छ। दुई एयरबडलाई नेकब्यान्डले जोडिएको यो हेडफोन वायरलेस रहेको छ।
नेकब्यान्ड घाँटिमा रहँदा एयरबड एकआपसमा जोडिदैन तर नेकबयान्ड नलगाउँदा दुई एयरबड चुम्बक जसरी जोडिने कम्पनीले बताएको छ।
टेक हिन्दुस्तानको अनुसार यो हेडफोनमा युएसबी–सी चार्जिङ, लाइटनिङ र्पोट रहेको छ। यो कालो र पहेँलो रंगको आउने भएको छ।
यसको मूल्य ५० अमेरिकी डलर रहेको छ।
यो हेडफोनको ब्याट्री करिब १२ घण्टासम्म टिक्छ। १० मिनेट मात्र चार्ज गरेपनि यो हेडफोन करिब डेढ घण्टा सम्म चल्ने बताइएको छ।
यसको युएसबी–सी चार्जिङ दुवै एप्पल र एन्ड्रोइड सँग मिल्ने डिजाइनको बनाइएको छ, ताकी प्रयोगकर्ताले आफ्नो हेडफोन जुनैपनि उपकरणबाट चार्ज गर्न सकुन्।
एप्पलले यो हेडफोन अक्टोबर २१ देखि वितरण गर्नेछ।