ग्राहकको रोजाईमा परेको विभिन्न मोबाइल ब्राण्ड मध्ये एक हो भिभो। भिभोले विशेषगरी क्यामेरा र साउण्डलाई प्राथमिकता दिएको छ।
कम्पनीले सबै ग्राहकलाई लक्षित गरी सस्तोदेखि महंगोसम्मका फोन बजारमा ल्याएको छ। त्यसमध्ये यहाँ ३० हजारदेखि ४० हजार मूल्यका फोनबारे चर्चा गरिएको छ।
एस१
यस फोनको डिस्प्ले ६.३८ इञ्चको रहेको छ। यसमा पछाडि तीनवटा क्यामरा जडान गरिएको छ। जसमा वाइड क्यामरा १६ अल्ट्रा वाइड ८ र २ मेगापिक्सेल डेप्थ क्यामेरा रहेको छ। सेल्फी क्यामेरा ३२ मेगापिक्सेल रहेको छ।
४५ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। यो फोन ग्राहकले ६ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य ३१ हजार ४ सय ९० तोकिएको छ।
एस१ प्रो
यस फोनको डिस्प्ले ६.३८ इञ्चको रहेको छ। यसमा पछाडि चारवटा क्यामरा जडान गरिएको छ। जसमा ४८ वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सेल डेप्थ क्यामेरा रहेको छ। ३२ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ।
४५ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। यो फोन ग्राहकले ८ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य ३६ हजार ७ सय ९० तोकिएको छ।
मोडल | क्षमता | मूल्य (रूपैयाँमा) |
एस१ | ६जिबी/१२८जिबी | ३१,४९० |
एस१ प्रो | ८जिबी/१२८जिबी | ३६,७९० |