चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी एक बर्षको अवधिमा नेपाली बजारमा स्थापित हुन सफल भएको छ।
आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ। रियलमीका १३ हजारदेखि ३३ हजारसम्मका फोन नेपाली बजारमा पाइन्छ। त्यसमध्ये यहाँ २० देखि ३० हजार मूल्यका फोनबारे चर्चा गरिएको छ।
यदि तपाई मध्यम मूल्यको स्मार्टफोनको खोजी गर्दै हुनुहुन्छ भने, रियलमी राम्रो विकल्प हुनसक्छ।
रियलमी ५
‘रियलमी ५’ ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा १२ मेगापिक्सेल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ। सेल्फीको लागि ८ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ३ जिबी/६४ जिबी र ४जिबी/१२८ जिबी क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य क्रमशः २० हजार ९ सय ९० र २३ हजार ९ सय ९० रूपैयाँ रहेको छ।
रियलमी ५आई
यो ग्राहकले ६.५२ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा १२ मेगापिक्सेल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ। सेल्फीको लागि १३ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ४ जिबी/६४ जिबी क्षमतामा किन्न पाउँने छन्। फोनको मूल्य २० हजार ७ सय ९० रूपैयाँ तोकिएको छ।
रियलमी ६ आई
यो ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा ४८ मेगापिक्सेल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ। सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ४ जिबी/१२८ जिबी क्षमतामा किन्न पाउँने छन्। फोनको मूल्य २५ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
रियलमी ६
यो ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा ६४ मेगापिक्सेल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ। सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ४३ सय एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ८ जिबी/१२८ जिबी क्षमतामा किन्न पाउँने छन्। फोनको मूल्य ३२ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।