डिशहोमले क्यास ब्याक अफर ल्याएको छ। यो अफर सोमबारदेखि लागू भएको बताइएको छ।
डिशहोमले आफ्नो फन्ड ट्रान्फरमार्फत एकमुष्ट रिचार्जमा क्यास ब्याक अफर योजना ल्याएको हो।
यो फन्ड ट्रान्सरमार्फत तीन महिनाको रिचार्जमा एक सय, छ महिनाको रिचार्जमा दुई सय ६५, एक वर्षको रिचार्जमा तीन सय ६५ र दुई बर्षको रिचार्जमा पाँच सय रुपैयाँ क्यासब्याक पाइन्छ।
उक्त अफर अन्तर्गतमा प्राप्त हुने रकम ग्राहकले डिशहोमको सिनेमाघर ईन्टरनेशनल च्यानल नं. ९९९ मा प्रदर्शन हुने चलचित्र हेर्न दुईहप्ता भित्रमा प्रयोग गर्न सक्नेछन्।
यसैगरी, नियमित संचालन भइरहेको फन्ड ट्रान्सर मार्फत एक वर्षे वा दुई वर्षे रिचार्जमा प्रत्येक हप्ता लक्कि ड्र मार्फत दुईजना ग्राहकले एक/एक लाख रुपैयाँ जित्ने अवसरमा भाग लिन पाउँछन्।