दुर्लभ रोग 'स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप-१' बाट पीडित बालिकालाई इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सहयोग रकम दिएको छ। १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा कम्पनीले १० लाख सहयोग दिएको विज्ञप्तिमार्फत् जनाएको छ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत बालिकाको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेको हो। कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अनलाइन पेमेन्टमार्फत रकम प्रदान गरेको जानकारी दिएको छ।
कम्पनीका अनुसार यसअघि पनि उसले ब्लड क्यान्सरबाट पीडित एक बालकको लागि सम्पूर्ण खर्चसहित उपचार गराएको थियो। त्यसैगरी ती बालकको लागि थप सहयोग समेत जुटाएको थियो।
यस पटक पनि कम्पनीले सामाजिक कार्यलाई निरन्तरता दिँदै सियोना श्रेष्ठको उपचारको लागि रकम सहयोग गरेको बताएको छ।
सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमान गरिएको छ। उनका आमा बुबाले विभिन्न दातामार्फत रकम संकलन गरिरहेका छन्।
कम्पनीले आगामी दिनमा पनि सामाजिक कार्यमा जोड दिने बताएको छ। सियोना श्रेष्ठको उपचारका लागि सहयोग गर्न चाहनेलाई निम्न विवरण हेर्न पनि कम्पनीले आग्रह गरेको छ।
A/C Name: Siyona Shrestha
A/C No: 206500000031524
Bank of Kathmandu LTD. Parasi Branch
Swift Code: BOKLNPKA
Or
Esewa Id: 9847206466 9816457809