ग्राहकको रोजाईमा परेको विभिन्न मोबाइल ब्राण्ड मध्ये एक हो भिभो।
भिभोले विशेषगरी क्यामेरा र साउन्डलाई प्राथमिकता दिएको छ। कम्पनीले सबै ग्राहकलाई लक्षित गरी सस्तोदेखि महंगोसम्मका फोन बजारमा ल्याएको छ।
त्यसमध्ये यहाँ महँगा दुई फोनबारे चर्चा गरिएको छ।
भि१७ प्रो
यस फोनको डिस्प्ले ६.४४ इञ्चको रहेको छ। यसमा पछाडि चार वटा क्यामरा जडान गरिएको छ। जसमा ४८ वाइड, ८ अल्ट्रा वाइड, १३ टेलिफोटो र २ मेगापिक्सेल डेप्थ क्यामेरा रहेको छ।
३२ र ८ मेगापिक्सेलको दुईवटा सेल्फी क्यामरा रहेको छ। ४१ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
यो फोन ग्राहकले ८ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य ५२ हजार ४ सय ९० तोकिएको छ।
भि१९
यस फोनको डिस्प्ले ६.४४ इञ्चको रहेको छ। यसमा पछाडि तीन वटा क्यामरा जडान गरिएको छ। जसमा ४८ वाइड, ८ अल्ट्रा वाइड, २ मेगापिक्सेल डेप्थ क्यामेरा रहेको छ।
३२ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ। ४५ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। यो फोन ग्राहकले ८ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य ४७ हजार ९ सय ९९ तोकिएको छ।
मोडल | क्षमता | मूल्य (रूपैयाँमा) |
भि१७ प्रो | ८जिबीर१२८जिबी | ५२,४९० |
भि१९ | ८जिबीर१२८जिबी | ४७,९९९ |