चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली बजारमा राम्रो स्थान पाएको छ। ओपोका फोन धेरैजसो प्रयोगकर्ताले मनपराएका छन्।
यसले सबै वर्गका ग्राहकलाई सुहाउँदो फोन बजारमा ल्याएको छ। यसका १५ हजारदेखि १ लाख माथिसम्मका फोन बजारमा छन्। यहाँ २० हजारदेखि ३० हजार मूल्य फोनका बारे उल्लेख गरिएको छ।
ए५३
यो फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी र्याम र ६४ जिबी रोम रहेको छ।
फोनमा २ मेगापिक्सेलको म्याक्रो क्यामेरा, १३ एमपीको मुख्य क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। अगाडिको क्यामेरा १६ एमपीको रहेको छ।
यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ भने १८ वाटको फास्ट चार्ज सुविधा रहेको छ। यसको मूल्य २२ हजार ९ सय ९० तोकिएको छ।
ए५ २०२०
फोनमा ६.५ इञ्चको वाटरड्रप स्क्रिन जडान गरिएको छ। फोनमा १२ एमपीको मुख्य क्यामेरा, ८ एमपी वाइड क्यामेरा, २ एपमीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा गरी पछाडि ४ वटा क्यामेरा जडान गरिएको छ। ८ एमपीको अगाडिको क्यामेरा रहेको छ। फास्ट चार्ज सुविधा सहित ५ हजार एमएएच ब्याट्री दिइएको छ। यो फोन पनि ग्राहकले ३ जिबी र ४ जिबी क्षमतामा किन्न पाउँनेछन्। यिनीहरूको मूल्य क्रमशः २२ हजार ९ सय ९० र २५ हजार ४ सय ९० रहेको छ।
ए३एस
यसमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ३ जिबी र्याम र ६४ जिबी रोम रहको छ।
मोबाइलको पछाडि पट्टि १३ एमपीको मुख्य क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा रहेको छ। अगाडिको क्यामेरा ८ एमपी रहेको छ। ४२ सय ३० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य २४ हजार ५ सय ९० रहेको छ।
ए३१
फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोम रहको छ। मोबाइलको पछाडि पट्टि १३ एमपीको मुख्य क्यामेरा, २ एमपीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा रहेको छ।
अगाडिको क्यामेरा ८ एमपी रहेको छ। ४२ सय ३० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य २६ हजार ५ सय ९० रहेको छ।
ए५२
फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोम रहको छ।
मोबाइलको पछाडि पट्टि १३ एमपीको मुख्य क्यामेरा, ८ एमपीको वाइड एंगल क्यामेरा, २ एमपीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा रहेको छ। अगाडिको क्यामेरा १६ एमपी रहेको छ। ५ हजार एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य २९ हजार ९ सय ९० रहेको छ।
एफ११
फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोम रहको छ। फोनमा ४८ एमपीको मुख्य र ५ एमपीको डेप्थ क्यामेरा रहेको छ।
अगाडिको क्यामेरा १६ एमपी रहेको छ। ४ सय २० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य २९ हजार ९ सय ९० रहेको छ।
मोडल | क्षमता | मूल्य |
ए५३ | ४जिबी/६४जिबी | २२,९९० |
ए५ २०२० | ३जिबी/६४जिबी | २२,९९० |
४जिबी/६४जिबी | २५,४९० |
ए३एस | ३जिबी/६४जिबी | २४,५९० |
ए३१ | ४जिबी/१२८जिबी | २६,५९० |
ए५२ | ४जिबी/१२८जिबी | २९,९९० |
एफ११ | ४जिबी/१२८जिबी | २९,९९० |