नेपाल दूरसञ्चार प्राधिकरणले 'ग्रामिक दूरसञ्चार कोष'को रकमबाट ४६ जिल्लामा इन्टरनेट सेवा विस्तार गरेको छ। प्राधिकरणले विभिन्न १८ प्याकेजबाट ७७ जिल्लामा इन्टरनेट विस्तार गर्ने परियोजना अघि बढाएको थियो।
यी मध्ये १८ परियोजनाबाट ४६ जिल्लामा इन्टरनेट सेवा विस्तार भइ सेवा प्रवाह भइरहेको प्राधिकरणले जानकारी दिएको छ। यसरी विस्तार भएको सेवा २ वर्षसम्म निशु:ल्क हुने छ। तर यस्तो निशु:ल्क सेवा स्थानीय तह,स्वास्थ्य केन्द्र, विद्यालयहरुलेमात्र पाउने छन्।
सर्वसाधारणहरुले सेवा लिनका लागि भने सेवा प्रदायकमा सम्पर्क गरी तोकिएको दरमा शुल्क तिरेर जडान गर्नुपर्ने छ।
प्राधिकरणले तोकेको भन्दा धेरै शुल्क लिएमा ग्राहकहरुले प्राधिकरणमा गुनासो गर्नसक्ने छन्।
कुन जिल्लामा कुन कम्पनीको सेवा छ? सेवा जडानका लागि सर्वसाधारणले कहाँ सम्पर्क गर्ने?