ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले भारतीय बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। ‘भिभो२० एसई’ नामको यो नयाँ फोनमा ३२ मेगापिक्सल सेल्फी क्यामरा भएको भारतीय सञ्चारमाध्यम जागरणाले जनाएको छ।
यसका साथै फाेनमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज रहेको कम्पनीले बताएको छ। मेमोरी कार्डको सहयोगले १ जिबीसम्म बढाउन पनि सकिने छ।
थ्रीडी कर्डमा डिजाइन गरिएको यो फोनमा ६.४४ इञ्चको एमोलोइड डिस्प्ले छ। फिंगर प्रिन्टको सहायताले फोनको लक खोल्न सकिन्छ।
फोनमा चारवटा क्यामेरा जडान गरिएको छ। जसमा मूल्य क्यामेरा ४८, वाइड एंगल लेन्स ८, सुपर वाइड एंगल ८ र २ मेगापिक्सेलको डेप्थ लेन्स रहेको छ। यस फोनको सहायताबाट फोके भिडियो खिच्न समेत सकिने कम्पनीले बताएको छ। यसमा ४१ सय एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्ज सुविधा दिइएको छ।
१ सय ७१ तौल भएको उक्त फोन सहजै पकेटमा अटाउन सकिन्छ।
यसको मूल्य २० हजार ९ सय ९० भारू रहेको छ। उक्त फोन ग्राहकले ‘ग्रयाभिटी’ ब्ल्याक र ‘एक्युमेरिना ग्रीन’ गरी दुई रङमा पाउने छन्।
सो फोन ग्राहकले नोभेम्बर ३ देखि बजारमा किन्न पाउँने छन्।