चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले के सिरिजअन्तर्गत ‘ओपो के७एक्स’ फाइभजी स्मार्टफोन लञ्च गरिएको छ। उक्त फोन चीनमा लञ्च गरिएको भारतीय सञ्चार माध्यम जागरणले लेखेको छ।
फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। ५ हजार एमएएच ब्याट्री क्षमता भएको यस फोनमा ५ वटा क्यामेरा दिइएको छ।
जसमा मुख्य क्यामेरा ४८, ८ अल्ट्रा वाइड, २ म्याक्रो, २ टेलिफोटो लेन्स र १६ मेगापिक्सलको सेल्फी क्यामेरा दिइएको छ। यसमा ६ जिबी र्याम र १२८ जिबी स्टोरेज दिइएको छ।
उक्त फोन ग्राहकले ब्लु स्याडो र ब्ल्याक मिरर रङमा पाउने छन्। फोन कहाँ लञ्च गर्ने भनेर कुनै जानकारी दिइएको छ। भारतमा यसको मूल्य १५ हजार ६ सय भारू हुने अनुमान गरिएको छ।