हिजोआज प्राय मानिसहरू डुअल सिम लाग्ने फोन चलाउँछन्। यस्तोमा दुइटै नम्बरबाट कसरी ह्वाट्सएप चलाउन सकिन्छ भनेर सोचिरहनुभएको होला।
अहिलेका स्मार्टफोनमा ‘एप क्लोनिङ’ फिचर समावेश भएको छ। यस फिचरको सहायताले एउटा फोनबाट दुइटा ह्वाट्सएप अकाउन्ट चलाउन सकिन्छ।
कसरी चलाउने?
१. पहिला मोबाइलको सेटिङमा जाने।
२. तलतिर स्क्रोल गर्ने। यहाँ एप्लिकेसन वा परमिसनको विल्कप देखाउँछ। त्यसमा क्लिक गरेपछि एप क्लोनको अप्सन देखाउँछ। त्यसमा क्लिक गर्ने।
३. एप क्लोनमा फोनका सबै एप्लिकेसन देखाउँछ। त्यसमध्ये ह्वाट्सएपमा क्लिक गर्ने। त्यहाँ क्लोन एपको अप्सन देखाउँछ। त्यसलाई अन गरेपछि ह्वाट्सएपलाई क्लोन बनाइदिन्छ।
४. अब दोस्रो नम्बरबाट पनि ह्वाट्सएप चलाउन सकिन्छ।
यदि मोबाइलमा क्लोन फिचर भेट्नु भएन भने सर्चमा गएर एप क्लोन, डुअल एप वा एप ट्वीन लेखर सर्च गर्नुस्। यसो गर्दा सिधैं एप क्लोन फिचरमा जान सकिन्छ।
फोनमा क्लोन फिचर नभए पनि अलग–अलग नम्बरबाट ह्वाट्सएप चलाउन सकिन्छ। यसको लागि गुगल प्ले–स्टोर वा एप स्टोरमा भएको प्यारालल स्पेस जस्तै क्लोन मेकिंग एपको मद्दत लिन सकिन्छ।
(विभिन्न भारतीय सञ्चारमाध्यमको सहयोगमा)