चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली बजारमा राम्रो स्थान पाएको छ। ओपोका फोन धेरैजसो प्रयोगकर्ताले मनपराएका छन्।
यसले सबै वर्गका ग्राहकलाई सुहाउँदो फोन बजारमा ल्याएको छ। यसका १५ हजारदेखि १ लाख माथिसम्मका फोन बजारमा छन्।
यहाँ ४० हजार देखि ५० हजार मूल्य फोनबारे उल्लेख गरिएको छ। ग्राहकले उक्त मूल्यमा ४ वटा विकल्प पाउने छन्।
एफ९ प्रो
एफ९ प्रो फोनमा ६.३ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ६ जिबी र्याम र ६४ जिबी रोम रहको छ। मोबाइलको पछाडि पट्टि १६ एमपी र २ एमपीको क्यामेरा जडान गरिएको छ।
अगाडिको क्यामेरा २५ एमपी रहेको छ। ३५ सय एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य र ४५ हजार ५ सय ९० रहेको छ।
रेनो २एफ
फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। फोनको क्षमता ८ जिबी र्याम र १२८ जिबी रोम रहेको छ। मोबाइलको पछाडि पट्टि ४८ एमपीको मुख्य क्यामेरा, ८ एमपीको वाइड एंगल, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ।
अगाडिको क्यामेरा १६ एमपी रहेको छ। फोनमा ४ हजार एमएएचको ब्याट्री छ। यसको मूल्य ४३ हजार ९ सय ९० रहेको छ।
ओपो एफ१७ प्रो
यस फोनमा ६.४३ इञ्चको डिस्प्ले जडान गरिएको छ।
फोनको क्षमता ८ जिबी र्याम र १२८ जिबी रोम रहेको छ। मोबाइलको पछाडि पट्टि ४८ एमपीको मुख्य क्यामेरा, ८ एमपीको वाइड एंगल, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ।
अगाडिको क्यामेरा १६ एमपी रहेको छ। फोनमा ४ हजार १५ एमएएचको ब्याट्री क्षमता छ। यसको मूल्य ४३ हजार ९ सय ९० रहेको छ।
रेनो३
फोनमा ६.४ इञ्चको डिस्प्ले जडान गरिएको छ। फोनको क्षमता ८ जिबी र्याम र १२८ जिबी रोम रहेको छ। मोबाइलको पछाडि पट्टि ४८ एमपीको मुख्य क्यामेरा, ८ एमपीको वाइड एंगल, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ।
अगाडिको क्यामेरा ४४ एमपी रहेको छ। फोनमा ४ हजार २५ एमएएचको ब्याट्री छ। यसको मूल्य ४६ हजार ९ सय ९० रहेको छ।