दक्षिण कोरियाली कम्पनी सामसङले नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए१२’ बजारमा ल्याउने तयारी गरेको भारतीय सञ्चार माध्यम जागरणले बताएको छ।
एक रिपोर्टअनुसार सामसङ ग्यालेक्सी ए१२ सर्टिफिकेसन साइटमा देखाएकोले कम्पनीले उक्त फोन बजारमा लञ्च गर्न लागेको अनुमान गरिएको हो।
कम्पनीले यसबारेमा आधिकारिक जानकारी दिएको छैन।
यो स्मार्टफोन ग्यालेक्सी ए११ को अपग्रेडेड भर्जन हुन सक्छ। अब आउने स्मार्टफोनमा प्रयोगकर्ताले एनएफसी सर्पोट सुविधा पाउने छन्। यसमा ६४ जिबी स्टोरेज हुने छ।
सर्टिफिकेसन वेबसाइट एनएफसीमा यो फोनको फिचरबारे भने केही उल्लेख गरिएको छैन।
यहाँ दिएको जानकारीअनुसार यस फोनमा ग्यालेक्सी ए११ मा दिइएको जति नै प्रोसेर दिइने छ। यो बाहेक उत्कृष्ट फोटोग्राफीको लागि यसमा तीनवटा क्यामेरा हुनसक्छ।
फोनमा मुख्य क्यामेरा १३ एपमीको हुनसक्ने छ। यसबाट के स्पष्ट हुन्छ भने कम्पनीले यो फोन इन्ट्री लेबल सेगमेन्टमा लञ्च गर्छ। एक रिपोर्टका अनुसार ग्यालेक्सी ए१२ ब्ल्याक, रेड, ह्वाइट र ब्लु गरी चारवटा रङमा आउने छ।